चीनमा आतंककारी हमला

२०७० असार १२ गते, बुधबार

बेइजिङ, १२ असार– हतियारधारी समूहले बुधबार विहान चीनको पश्चिम सिन्जिन क्षेत्रमा रहेको प्रहरी र सरकारी कार्यालयहरुमा अन्धाधुन्द आक्रमण गरेको छ । सो आक्रमणमा ९ जना प्रहरी तथा सुरक्षाकर्मी र ८ जना सर्वसाधारण मारिएका छन् । प्रहरीको जवाफी आक्रमणमा १० जना हतियारधारी समूहको पनि मृत्यु भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार विहान ६ बजे उरुमाकीबाट २ सय किलोमिटर दक्षिण–पश्चिमस्थित लक्कुन भन्ने ठाउँबाट हतियारधारी समूहले आक्रमण सुरु गरेको थियो । सुरुमा सो हतियारधारी समूहले उरुमाकीको प्रहरी कार्यालय, सरकारी भवन र निर्माणस्थलहरुमा आक्रमण गरी आगो लगाएको थियो । प्रहरीले प्रत्याक्रमण गर्न नपाउँदै ठूलो जनधनको क्षति भइसकेको थियो । उइगुर मुिस्लम अल्पसंख्यकको ठूलो जनसंख्या भएको सो क्षेत्रमा यस खालका हिंसात्मक घटनाहरु हुने गरेको छ । यसअघि सन् २००९ मा भएको उइगुर र चिनियाँ जातिबीच भएको हिंसामा २ सय जनाको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु