इन्डोनेसियामा भकूम्प, दर्जनौको मृत्यु, सयौं घाइते

२०७० असार १९ गते, बुधबार

इन्डोनेसिया, १९ असार– इन्डोनेसियामा ६ दसमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पमा परी हालसम्म २२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पले आचेय प्रान्त बढी प्रभावित बनेको छ । त्यहाँस्थित मस्जिद भत्कँदा ६ जना बालबालिकासहित २२ जनाको मृत्यु भएको हो । भूकम्पका कारण सयौं घर भत्केका छन् । उद्धारमा खटिएकाहरुले भग्नावशेषमा थुप्रै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् । इन्डोनसियामा सन २००४ पछि गएको भूकम्पमध्ये यो दोस्रो ठूलो भएको बताइएको छ । त्यसबेला गएको ९ दशमलव १ रेक्टर स्केलको भूकम्पमा २३ हजारको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]