बेल्जियमका राजाद्वारा गद्दी त्याग
बेल्जियम, असार २१ – बेल्जियमका राजा अल्बर्ट द्वितियले गद्दी त्यागको घोषणा गरेका छन् ।७९ वर्षीय राजा अल्बर्टले बुधवार टेलिभिजिन मार्फत स्वास्थ्यको कारण गद्दी त्यागको इच्छा ब्याक्त गरेका हुन् । उनले यहि जुलाई २१ बेल्जियमको राष्ट्रिय दिवसको अवसरमा जेठा छोरा फिलिपलाई राजगद्दी सुम्पनेछन् । बीस बर्ष राजगद्वीमा रहेका राजा अल्वर्ट उनका दाजु बाउदोईन प्रथम निःसन्तान भएकोले सन् १९९३ मा बेल्जियमका राजा भएका थिए ।अल्बर्ट बेल्जियमका छैटौ राजा हुन् । बेल्जियममा राजाको पहिलो सन्तान नै राजगद्वी उत्तराधिकारी हुने व्यवस्था रहेको छ । बेल्जियमका राजा ‘सेमोनियल किङ’ हुन् । राजालाई बेल्जियममा राष्ट्रिय एकताको प्रतिकको रुपमा लिइन्छ ।