अप्राकृतिक यौन दुराचारको आरोपमा मन्त्रीको जागिर चट

२०७० असार २२ गते, शनिबार

भोपाल, असार २२ – भारतीय जनता पार्टीका बरिष्ठ नेता एवं मध्यप्रदेशका वित्तमन्त्री राघवजीले अश्लील सिडि प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन् । युवा घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका छन् ।
यस बारेमा सार्वजनिक भएको सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । ८० वर्षे राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान समक्ष राजीनामा दिएका छन् । सिंहले उनीसँग स्वयं राजीनामा मागेको सार्वजनिक भएको छ । वित्तमन्त्रीले आफूमाथि लागेको आरोपको सामान्य ढंगले खण्डन गरेका छन् । ती युवक गरिब परिवारको भएको र आफूले सहयोग गर्दै आएको उनले बताएका छन् ।ती कामदार मन्त्रीकै गृहनगर विदिसा जिल्लाका वासी हुन् । प्रहरीको ऊजुरीमा उनको ३ वर्षदेखि शारीरिक शोषण भइरहेको भनिएको छ । उनले सन २००४ देखि २०१३ सम्म लगातार बजेट प्रस्तुत गरेको रेकर्ड बनाइसकेका छन् । उनी मध्यप्रदेशको भाजपा नेतामध्ये एक हुन् । उनी चार पटक विद्यायक, लोकसभा र राज्य सभाका सदस्य पनि रहिसकेका छन् । मुख्यमन्त्री चौहानले जलस्रोत मन्त्री जयन्त मलैयालाई वितमन्त्रालयको जिम्मबारी पनि दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र पीडितको चिकित्सकीय जाँच गरिने बताएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]