भ्रष्टाचारी पूर्व रेलमन्त्रीलाई मृत्युदण्डको सजाय

२०७० असार २४ गते, सोमबार

काठमाडौं , २४असार – चीनका पूर्व रेलमन्त्री लिउ झिजुनलाई भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरुपयोग गरेको भन्दै चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।आफ्नो २५ वर्षे कार्यकालमा रेलमन्त्री लिउमाथि १ करोड डलर भ्रष्टाचार गरेको आरोप छ । सि जिनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परिक्षण भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकालाई आजिवन काराबास दिने तयारी थालेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]