हावा मात्र खाएर बाँच्ने मानिस
कोलोम्बो । चर्चित च्यानल नेसनल जियोग्राफीले एक जना यस्ता मानिस फेला पारेको छ जो तपाईहामीजस्तै दैनिक काम गर्छन्, घुम्छन् तर भोजन भने गर्दैनन् ।उनको भोज हावा र प्रकाश मात्रै हो । तपाईलाई विश्वास नलाग्न पनि सक्छ तर यो वास्ताविक हो । यी श्रीलंकाकाली युवा नाम किरबी डे लनेरोले हो ।
नेसनल जियोग्राफीले जनाएअनुसार पछिल्ला पाँच वर्षमा उनले हरेक वर्ष ६ या सात पटक मात्र भोजन गरेका छन् । किरबी भन्छन्, मैले गएको १० वर्षमा सात पटक मात्र खाएको छु । उनले यो अवधिमा खाएको भोजनले ५ सय क्यालोरी ऊर्जा पैदा गर्न सक्छ, जबकि एक जना मानिस दिनमा तीन पटक, महिनामा ९० पटक र १० महिनामा ९ सय पटक भोजन गर्छ । म धेरै खानै सक्दिनँ किरबी भन्छन् म श्वास मात्र लिन्छु र सुर्यको प्रकाशबाटै चाहिने जति उर्जा लिन्छु । वैज्ञानिकहरु किरबीमाथि शोध गरिरहेका छन् । तर, किरबी भने यसलाई ईश्वरको बरदान मान्छन् ।
अरु सामान्य मानिसजस्तै मैले पनि दैनिक खाए मलाई विरामी भएको महशुस हुन्छ । मलाई थाकेको महशुस हुन्छ । उनी भन्छन्–मानिस सरह मलाई भेटेर उनीहरुलाई पनि त्यसरी बाँच्न सिकाउन आग्रह गर्छन् तर मसँग उनीहरुका लागि कुनै शब्द हुँदैन किनभने यो ईश्वरको देन हो । नेशनल जियोग्राफिकको प्रतिवेदनअनुसार चिकित्सकहरुले किरबीको शरीरको अनुसन्धान गर्दा सबै सामान्य पाएका थिए । – एजेन्सी