नेल्सन मण्डेलाको जीवनकथा

२०७० श्रावण ५ गते, शनिबार

दक्षिण अप्रिकाका पूवराष्ट्रपति नेल्शन मण्डेलाको हालै ९५ औँ जन्मदिन तथा अन्तर्रााट्रय नेल्शन मण्डेला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम सम्पन्न भएको छ । नेल्शन मण्डेलाको जन्मदिनलाई नेल्शन मण्डेला अन्तर्रर्ााट्रय दिवसका रूपमा पनि मनाउने गरिएको छ । प्रिटोरियाको अस्पतालमा उपचार गराइरहेका मण्डेलाको जन्मदिनको अवसरमा उनको सम्मानमा दक्षिण अप्रिmका र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जुन ८ तारिखमा फोक्सोको संक्रमणका कारण अस्पताल भर्ना गरिएका मण्डेलाको अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले मण्डेलालाई शुभकामना दिँदै मण्डेलाको र्सार्वजनिक सेवामा ६७ वर्षो योगदानको कदर गर्दै कम्तीमा पनि ६७ मिनेट समुदायको सेवामा खर्च गर्न अपिल गरेका थिए । यो नै मानवताको उच्चतम मूल्यका प्रतीक, असाधारण व्यक्तित्वप्रति सच्चा श्रद्धा हुने बानको भनाइ छ । दक्षिण अप्रिmकाका पूवराष्ट्रपति तथा रंगभेद विरोधी नेताको देशका लागि ६७ वर्षो योगदानलाई स्मरण गर्दै दक्षिण अप्रिmकी स्वयंसेवकहरुले विद्यालय र अनाथालयहरुको मर्मत, अस्पतालको सरसफाइ, गरिबलाई खाना वितरण जस्ता काममा ६७ मिनेट खर्च गरेका थिए । दक्षिण अप्रिकाको ट्रान्स्की क्षेत्रमा उमाटाटा नामको एउटा गाउ“ छ । यो देशका मुख्य बासिन्दा, अलग-अलग कविला -गाउ“) टेम्बु नामले चिनिन्छ दक्षिण अप्रिकाको ट्रान्स्की क्षेत्रमा उमाटाटा नामको एउटा गाउ“ छ । यो देशका मुख्य बासिन्दा, अलग-अलग कविला -गाउ“) टेम्बु नामले चिनिन्छ । यस शताब्दीको सुरुमा टेम्बु कविलाका सरदार थिए- हेनरी नेलसन मण्डेलाका पिता । उनका चार पत्नीहरु थिए । यिनीहरुमध्ये एउटीको कोखबाट १८ जूलाई १९१८ मा नेलसन रोलहलाहला मण्डेलाको जन्म भएको थियो । दक्षिण अप्रिmकामा यूरोपबाट गएका थोरै संख्यामा रहेका श्वेतहरुको अधिकार छ, उनीहरु नै त्यहा“का मूल निवासीहरु -आदिवासी) माथि शासन गर्थे । फेरि पनि एकआपसमा कविलाहरुको व्यवस्थाअनुसार हेनरी आफ्ना कविला जातिबीच मुख्य व्यक्ति थिए । आफ्ना कविलामा उनलाई राजालाई जस्तै सम्मान प्राप्त हुने गर्दथ्यो । यो दृष्टिकोणबाट मण्डेलाको जन्म एउटा राजसी परिवारमा भएको थियो । चाहे यो भिन्न तथ्य किन नहोस्, त्यहा“का कविलाहरुका राजाहरुका महाराज श्वेत हुन्, जसले आफूलाई श्वेत भएकोमा घमण्ड गर्थे । टेम्बु निवासी कविलाका सरदार हेनरीका छोरा मण्डेलाको बाल्यकाल परम्परागत रूपमा एउटा साधारण बालकको जस्तै बित्यो । कविलाहरुका अरु बालकको जस्तै उनी आफ्नो बाल्यावस्थामा भेडा-बाख्रा चराउने र खेत जोत्ने काम गर्ने गर्थे । आफ्नो माटोको अर्थात् जन्मभूमिको यो गठबन्धन नै भविष्यको जुझारु मण्डेलालाई आधार तथा प्रेरणाको श्रोत बन्यो । कविलाहरुको सीमित दृष्टिकोणभित्र रहेर नेलसन मण्डेलाको प्रारम्भिक बाल्यकाल बितेको थियो । उनले चाहेका भए सुख र आरामको जीवन बिताएर बस्न सक्दथे तर उनले यस्तो गरेनन् । उनको भाग्य त सधैँ संर्घष्ाशील नायक -युगपुरुष) बनेर बस्ने थियो । नेल्सन मण्डेलाको बुबाको विचार आफ्नो शेषपछि छोरा कविलाहरुको मुखिया बनोस् र आफ्नो परम्परागत रूपले जीवन बिताओस् भन्ने थियो । उनका बुबाले आफ्नो इच्छा मण्डेलासामु राखे तर उनले यो कुरालाई स्वीकार गरेनन् । उल्टो आफ्नो बुबालाई उत्तर दिए ः ‘तपाई टेम्बुबासी कविलाहरुको सरदार हुनुहुन्छ तर पनि तपाई श्वेत -गोरा) सरकारको अधिनमा हुनुहुन्छ, तपाईको यो गुलामको अधिकार मलाई चाहिँदैन, म यो गुलामी -अर्काको अधीनमा बस्ने) कुरालाई समाप्त गर्न चाहन्छु र एक स्वाधीन र स्वतन्त्र दक्षिण अप्रिmकाको निर्माण गर्छु, जुन ठाउ“मा काला र गोराबीच समान अवस्था र व्यवहार होस् ।’ यो घटना मण्डेलाको जीवनमा वाह्र वर्षो उमेरभन्दा पहिले नै घटेको थियो । १९३० मा उनको बुबाको देहवसान भयो । एउटा बालकको मुखबाट यस्तो कुरा सुनेर उनका पितालाई आर्श्चर्यलागेको थियो होला तर उनले यो कुरालाई विशेष महत्व दिएनन् । यसलाई मण्डेलाको बुबाले बाल्यकालको चन्चलता मात्र सम्भिए । सन् १९३० मा बुबाको देहावसान मण्डेलाका लागि ठूलो चोट थियो । बाबुको मुत्यु हु“दा मण्डेला १२ वर्षा थिए । कविलाहरुको सरदार बन्न उनले पहिले नै अस्वीकार गरिसकेका थिए । यसकारण ‘सबता डेलिन ड्यबो’ लाई कविलाका नया“ मुखिया बनाइयो, तिनी नै मण्डेलाका अभिभावक थिए । उनको अतिरिक्त ‘कजर मातन्जिमा’ -जुन पछि गएर ट्रान्सकीको मुख्य मन्त्री बने) ले पनि मण्डेलाको पालनपोषणमा महत्वपूण् भूमिका खेले । कविलाहरुको परम्पराअनुसार यी दुवै सवाता डेलिन्उयुवो र कैजरमातिन्जा मण्डेलाका भतिजाहरु थिए ।
मण्डेलाको प्रारम्भिक शिक्षा ः टेम्बु, कविलाहरुमा शिक्षाको कुनै महत्व दिइ“दैनथ्यो न त उनीमा नै शिक्षाप्रति रुची थियो, न यसका लागि कुनै व्यवस्था गरियो । मण्डेलाका बुबा हेनरी कविलाका सरदार भएर पनि कहिल्यै स्कुल गएनन्, न त उनका कुनै पत्नीहरुले स्कुलको मुख देखेका थिए । यस्तो परिवेशमा मण्डेलाका लागि उचित शिक्षाको व्यवस्थाको कल्पना गर्न सकिँदैनथ्यो । फेरि पनि मण्डेलामा शिक्षाप्रति लगनशीलता थियो । उनको समयसम्म सामाजिक मान्यतामा पनि केही परिवर्तन आइसकेको थियो । मण्डेला कविलाहरुका लागि बनेको ‘मेथोडिस्ट’ स्कुलमा पढ्न थाले । मण्डेला पढाइप्रति धेरै र्सतर्क थिए । उनले परिश्रम गरेर अध्ययन गरे । प्रारम्भिक शिक्षा प्राप्त गरेपछि १९३८ मा उनले ‘फोर्ट फोर्टारे’ विश्वविद्यालयमा प्रवेश पाए । उनले पढ्दापढ्दै वकिल बन्ने सपना देख्न थाले । तर परिस्थिति यस्तो बन्यो कि त्यस समय उनले बिए पास गर्न सकेका थिएनन् । फोर्टफारे विश्वविद्यालयमा मण्डेला ‘ओलिबर टाम्बोको’ सर्म्पर्कमा आए अनि यही“बाट दुबैमा मित्रताको प्रारम्भ भयो । यहा“ विद्यार्थीले प्रतिनिधिसभाको बहिष्कार गरेकाले मण्डेला, ओलिबार टाम्बोहरु विश्वविद्यालयबाट निष्काशित भए । निष्काशित भएपछि उनी आफ्नो घर ट्रान्सकी फर्किएर आए । त्यहा“ गएपछि उनको ध्यान कविलाहरुको सामाजिक, राजनीतिक समस्यामा गयो । उनी आफ्नो समाजको उत्थानका निमित्त केही गर्न चाहन्थे तर परिस्थितिले उनलाई ट्रान्स्की पनि छोड्नुपर्ने बाध्यतामा पुर्याइदियो । किनकि घरका मानिसले उनको विवाह गरिदिन चाहेका थिए । विवाहको तयारी समेत गरिएको थियो तर मण्डेला यसको विरोधमा थिए । म अहिले नै गृहस्थी जीवनमा बा“धिए भने न सामाजिक कार्यमा ध्यान दिन सक्छु न त आफ्नो अध्ययन नै अघि बढाउन सक्छु भन्ने सोचेर परिवारको असहमतिका बाबजुद उनी जेहान्र्सबर्गमा गए । त्यहा“ गएपछि पत्राचारबाट बीएको पढाइ सुरु गरे । खर्च निकाल्नका निमित्त नोकरीको खोजीमा लागे । त्यसको केही समयपछि उनले क्राउनको गोदाममा लेखापालको नोकरी पाए । यसबाट उनले धेरै सुविधा पुग्यो अनि १९४१ मा बीएको परीक्षा उत्तर्ीण्ा गरे । क्राउनमाइनमा उनलाई अस्थायी लेखापालको रूपमा नियुक्ति गरिएको थियो । उनलाई कुनै पद खाली भयो भने स्थायी नियुक्ति गरिने आश्वासन पनि दिइएको थियो । तर केही समयपछि उनले नोकरी छोडिदिए । पछि एक वर्षम्म अर्कै र्फममा एस्टेट एजेन्टको रूपमा काम गर्न थाले, जसमा उनलाई दर्ुइ पौण्ड तलब तथा कमिशन प्राप्त हुन्थ्यो । आफ्ना यी दिनलाई मण्डेलाले जीवनको सबैभन्दा धेरै कष्टमय दिन मानेका थिए । बीए उत्तीण्पछि उनी जेहान्र्सवर्गको विटरासरेयन्ड विश्वविद्यालयमा कानुन विषयको अध्ययन गर्न लागे । साथै नोकरी पनि गर्न लागे । यस्टेट एजेण्टको नोकरी छोडेपछि १९४२ मा अर्का संंस्थामा नियुक्ति भए । यो संस्था -र्फमका तीनजना मालिक थिए) विटकिन, सिडल्सकी र्रर् इडलमैन । यी तीनमध्ये उनी सिडल्सकीबाट बढी प्रभावित थिए । यो संंस्थामा प्रवेश गरेको पहिलो दिनको अनुभवलाई मण्डेलाले आफ्नो जीवनको अविष्मरणीय घटना मानेका छन् । उनी भन्छन्, कार्यालयमा मेरो कामको पहिलो दिन वरिष्ठ श्वेत टाइपिष्टले मसित भने- ‘नेल्सन ! हेर यहा“ हामी रंगभेदलाई मान्दैनौ, जब चिया ल्याउने केटाले चिया ल्याउ“छ, तब आऊ ट्रेबाट आफ्नो कप उठाऊ । हामीले तिमी र गौडरेडाइक र अरु अश्वेत अप्रिmकन कर्मचारीका लागि दर्ुइवटा नया“ कप मगाएका छौ, तिमी यसलाई प्रयोग गर अर्थात् चलन गर्नर्ुपर्छ । यस विषयमा गौरलाई भनिदिनु तर उसबाट भने र्सतर्क रहनु नेलसन । उस“ग मिलेर तिमीलाई कुनै फाइदा छैन वा हु“दैन । मैले राम्रोस“ग गौडलाई भने तर गौडको यस्तो उत्तर थियो- ‘म हेरौँला, जस्तो म गर्छ, त्यस्तै गर ।’ जब चिया आयो तब गौडले नया“ कपलाई बहिष्कार गरिदिए अनि एउटा पुरानो कपलाई उठाए । म उसित वा वरिष्ठ टाइपिष्टसित विवाद गर्न चाह“दैन थिए“, यसकारण मैले कति महिनासम्म चिया पिइन । केही समयपछि एउटी नया“ टाइपिस्ट आई । उसले काम नभएको समयमा मस“ग कामको विषयमा सोध्ने गर्दथिई । एकदिन जब मैले उसलाई डिक्टेटर गरिरहेको थिए“, त्यसै समयमा एउटा श्वेत ग्राहक आयो । त्यसलाई देखेर हाम्रो टाइपिस्टको अनुहारमा स्पष्ट रूपले व्याकुलताको झलक देखियो । उसले यस्तो भाव देखाई कि कसैले यो नबुझोस् । उ मेरो अधीनमा काम गरिरहेकी छे । उसले आफ्नो पर्स-सानो त्याग) बाट पैसा निकालेर दिइ र भनी ‘नेलसन ! कृपया कस्मेटिक पसल गएर मेरा लागि केही सेम्पु लिएर आउ ।’ जेहान्र्सवर्गमा मण्डेला वाल्टर सिसलुको सर्म्पर्कमा आए, जुन गोदाम र फैक्ट्रीहरुमा काम गर्न स्वीकृत गरिसकेका थिए । उनले पनि आफ्नै बलबुत्तामा अध्ययन गरेका थिए अनि उनी अध्यायहरुको कट्टर विरोधी थिए । वास्तवमा उनले नै मण्डेलालाई कानुनको अध्ययन गर्न परामर्श दिएका थिए । यो नै मण्डेलालाई पहिलो पटक आफ्नो प्रत्यक्ष अनुभव भएको थियो- गोरा र कालाहरुका बीचमा कति भेदभाव थियो र छ । विशेष गरेर ग्रामीण क्षेत्रमा बस्ने अश्वेत -काला) हरुको स्थिति अरु पनि दयनीय अवस्थामा थियो । उनीहरुलाई प्रत्येक कुरामा अकारण नै श्वेतहरुबाट पटक-पटक अपमानित हुन परेको थियो, अनेक अमानवीय यातना र दुःखकष्ट भोग्नुपरेको थियो । विनीस“गको विवाह नेलसन मण्डेला जीवनको मध्य संर्घष्ाको रफ्तारमा हिँडिरहेका थिए । यसै समयमा उनी एउटी नर्सको सर्म्पर्कमा आए, जो सामाजिक कार्य गर्थिन् । उनको नाम थियो, ‘बिनीनोमजामो मादिकिलेजा ।’ पुलिसद्वारा समातिनुभन्दा केही दिन पहिले जब मण्डेला जेहान्र्सवर्गमा एउटा पसलमा केही खाद्य सामग्री किनिरहेका थिए, ‘ओलिवर टाम्बो’ पनि उनको साथमा थिए, त्यस बखत विनी यहा“ आएकी थिइन् । मण्डेलास“ग, विनीको पहिलेदेखि नै सामान्य रूपमा परिचय भएको थियो, त्यस समयमा उनी युवती नै थिइन् । उनी धेरै राम्री र सजीव प्रतिमा जस्ती लाग्थिइन् । मण्डेलाले टाम्बोस“ग भने, ‘ओलिभर ! हेर त यी केटी जब ‘वारागवानाथ’ अप्रिmकन अस्पतालमा प्रथम अश्वेत मेडिकल सोशल वर्कर बनेकी थिइन्, तब कुनै पत्रिकामा यिनको चित्र छापिएको थियो ।’ यो परिचय केही दिनमा नै मित्रतामा बदलियो । मण्डेलाले, विनीलाई देशको अनेक क्षेत्रमा भ्रमण गर्ने परामर्श दिए, जसबाट उनले अश्वेतहरुको दयनीय अवस्थालाई प्रत्यक्ष रूपमा देख्न सकून्, यसकारण दुवै एकैसाथ घुम्न निक्लिए । दुवैले देशद्रोहीको अभियुक्त लागेकाहरुको सहयोगका निम्ति खोलिएको कोषका लागि चन्दा पनि जम्मा गर्न लागे । विनीले यस्तो अनुभव गरिन्कि उनले जस्तै मण्डेलाले पनि गाउ“को शान्त वातावरण, नदी र वनजंगलस“ग माया गर्दछन् । उनीहरु दुवैको समान स्वाभावले एकअर्कालाई नजिक बनाउन सहयोग पुर्यायो । केही दिनको मित्रता प्रेममा बद्लियो । यद्यपि त्यस समयमा मण्डेला चालिस वर्षा र विनी लगभग चौबिस वर्षी थिइन्, तापनि उमेरको असमानता प्रेममा बाधक बनेन । उनीहरु विवाहको प्रेमबन्धनमा बा“धिने निर्णा गरे । विनीका बुबा ‘कोलम्वस मादिकिलेजा’ एउटा स्कुलमा प्राधानाचार्य भइसकेका थिए । विनीले उनलाई मण्डेलाको साथमा विवाह गर्ने विषयमा बताइन् तर उनले यसको निर्ण्र्ााभने लिइसकेकी थिइन् । यसबाट उनलाई प्रसन्नता र खिन्नता दुवै भयो । मण्डेला एउटा ख्यात्रि्राप्त र सम्मानित व्यक्ति भएकोले खुशी थियो भने चिन्ताको कारण यो थियो कि उनी पहिले नै विवाहित थिए । त्यतिमात्र होइन, पहिलेकी पत्नीबाट जन्मिएका तीनवटा बच्चा पनि थिए, जुन झण्डै विनीको उमेरस“गैका थिए । यद्यपि उतातिर मण्डेलाले आफ्नी पहिलेकी पत्नीस“ग सम्बन्धविच्छेद गरिसकेका थिए तर पनि त्यस समयमा अश्वेत अप्रिmकी समाजमा भने गाउ“ या शहरमा होस्, छोडपत्र लिनु कुनै राम्रो मानिँदैनथ्यो । यस्तो काम गर्नेलाई आफ्नो समाजमा विवादको विषय बन्नुपथ्र्यो अनि सबैभन्दा ठूलो कुरा मण्डेलामाथि देशद्रोहको मुद्दा चलिरहेको थियो । विनीका बुबाले यी सबै समस्यालाई उनको अगाडि राखे अर्थात् आफैँलाई आफ्नो निर्ण्र्ालिन भने । विनीलाई मण्डेलाले बलियो निर्ण्र्ाालिने कुरा थाहा थियो । अनि उनलाई विश्वास पनि थियो- मण्डेलाले उनी आफूलाई प्रेम गर्छन् । यसकारण उनले आफ्नो निर्ण्र्ााबदलिनन्, दुवै विवाहको तयारीमा लागे । मण्डेलाले आफ्नी पहिलेकी पत्नीस“ग छोडपत्र लिए । जून १९५० मा मण्डेलाले अदालतबाट चार दिनको छुट्टी लिएका थिए अनि विनीको घर ‘पोण्डोलण्डमा’ गए । त्यहीँ नै एउटा साधारण समारोहमा दुवैको विवाह भयो । समयाभावका कारण मण्डेला आफ्नो घरमा पनि जान सकेनन् । लिलियन नगोयी उनका एकमात्र यस्ता मित्र थिए, जुन यो विवाह समारोहमा सम्मिलित भएका थिए । यो विवाहको समयमा पिता कोलम्वसले छोरी विनीस“ग भने- ‘छोरी तिमी नबिर्स एउटा व्यक्तिस“ग होइन, अपितु संर्घष्सग विवाह गरिरहेकी छ्यौ ।’ यी शब्दहरुमा कति सत्यता लुकेको थियो, आउने समय नै आफैँ यसको प्रमाण थियो । बिदाइ गरिसकेपछि विनीलाई लिएर मण्डेला जेहान्र्सवर्गमा आए अनि ओरलैण्डको सानो दर्ुइवटा कोठा भएको घरमा बस्न थाले । यहा“ उनको नया“ दाम्पत्य जीवन सुरु भयो । यो जीवन सफल र सुखमय रहृयो तर यो ‘सुख र सफलता’ भौतिक अर्थमा त्यति राम्रो देखिँदैन तर पनि लक्ष्यप्राप्तिका लागि भने धेरै नै राम्रो रहृयो । केही समयपछि विनी नेलसन मण्डेलाको पूरक बनिन् । मण्डेला जब जेलमा थिए, तब विनी उनको मशालको रूपमा देश-विदेशभरी उठ्दै रहिन् । सत्ताइस वर्षम्म विनीको मण्डेलास“ग शारीरिक सर्म्पर्क थिएन, मात्रै वैचारिक समागम थियो । आदर्श दाम्पत्यको अति कठिन बन्धन थियो । १ अगस्त १९५८ देखि व्रि्रोहको मुद्दामाथि वास्तविक रूपले सुनुवाई प्रिटोरियामा सुरु भयो । यहा“ केही दिनदेखि नै लुतुली, टाम्बोजस्ता ६५ व्यक्तिमाथि लगाइएको देशदोह्रको अभियोगलाई फिर्ता लिइयो तर मण्डेला र सिसलुजस्ता ९१ व्यक्तिमाथि भने मुद्दा चलि नै रहृयो । मुद्दाको सुनुवाईमा उनीहरुको पक्षबाट वकिलको एउटा समूहले निगरानी गरिरहेको थियो, जसमा प्रसिद्ध वकिल ‘इसराइल मैसेल’ सिडन केष्ट्रिज र बाहृय फिसर पनि सम्मिलित थिए । लगभग यसै समयमा विनी मण्डेलाले पनि ‘अप्रिmकी राष्ट्रिय कँग्रेस महिला लीग’ को सदस्यता लिइन् । यसै समयमा विभिन्न जातिका अरु महिलाहरु पनि यसको सदस्य बनिरहेका थिए । विनी चा“डै नै महिला लीगको कार्यकारिणीमा सक्रिय सदस्य पनि बनिन् । यसको केही दिनपछि विनी, अल्वर्टिना सिसलसजस्ता सयौँ महिलाले महिलाविरोधी कानुनको विरोधमा पर््रदर्शन गरे । कतिपय महिलाले दूध पिइरहेका बच्चालाई पिठ्यू“मा बोकेर भाग लिइरहेका थिए । यिनीहरु सबैलाई एक महिनाको जेल सजायको दण्ड दिइयो अनि जेहान्र्सवर्गमा रहेको जेलमा पठाइयो । उल्लेख्य कुरा के छ भने महिलाहरुको यो पर््रदर्शनको विषयमा विदेशी सञ्चारमाध्यामले पनि प्रशस्त महत्व दिएका थिए । मण्डेला आफ्नी पत्नी विनीले गरेको यो साहसिलो कामले धेरै प्रभावित भए । तर त्यसको केही महिनाभित्र एउटा यस्तो घटना घट्यो, जसले विनी र उनका बुबाका बीचमा कहिल्यै समाप्त नहुने खाडल खनिदियो । यस्तो भयो कि सरकारले ‘बन्तुमा’ एउटा प्राधिकरण स्थापना गर्न लागेको थियो तर जनता यसको विरोधमा उत्रिन थाले । यसलाई विरोध गर्ने केही व्यक्ति गुप्त रूपमा मण्डेलास“ग भेट्नका लागि पौण्डलैण्डमा उनको घरमा आए । विनीका बुबाले सरकारको पक्ष लिएर ती व्यक्तिलाई अभद्र व्यवहार गरे । यस घटनाले विनीलाई आफ्ना बुबाप्रति घृणा भयो । विनीले आफैँ लेखेका छन् कि यो घटनापछि बाबुछोरी कहिल्यै एकदोस्रोमा अगाडि परेर कुरासम्म पनि भएन । यसपछि विनीका पिता बन्तुस्थानको कृषिमन्त्री पनि बने । उनलाई यो पद त्यहा“को गभर्नर कैसर योतज्जिमाको कृपाले प्राप्त भएको थियो, जुन मण्डेलाका कविला नै थिए । बाबुछोरीको दूरी तब समाप्त भयो, जब पिताको देहवसान भयो । सन् १९५९ मा अप्रिmकी राष्ट्रिय काँग्रेसभित्र केही गम्भीर विवाद उठ्यो । मण्डेलाजस्ता वरिष्ठ नेतामाथि लागेको प्रतिबन्धको कारण काँग्रेस पहिले नै निस्त्रिmय भएको थियो । केही स्वार्थी र तानाशाही प्रवृत्तिका व्यक्तिहरु हलमा आएका थिए । वास्तवमा जुनसुकै पार्टीीोस्, त्यसलाई विगार्नु भनेको घुसपैठ नै हो । ती व्यक्तिहरु आफूलाई अप्रिmकीवादी भन्ने गर्दथे, अनि यस्तै भन्दै हिँड्ने गर्दथिए- श्वेत कम्युनिष्ट तथा भारतीयहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि अश्वेतहरुलाई झुक्याइरहेका थिए । निश्चय नै यस्तो प्रवृत्ति आन्दोलनको निमित्त घातक थियो । टाम्बो र लुतुली पनि यस्तो प्रवृत्तिलाई रोक्न अर्समर्थ भए । यो प्रतिक्रियावादी दल काँग्रेसबाट छुटियो र यसले ‘पैन अप्रिmकनिष्ट कांग्रेस’ -पिएसी) नामको एउटा संगठन बनायो । यसको नेता ‘सोबुक्वे’ थिए । मण्डेला यस क्रियाकलाबाट अलिकति पनि विचलित भएनन् अनि सबैस“ग अनुरोध गरे कि यस्ता दिशाहिन व्यक्तिको लहैलहैमा नआउनुहोस् । यसै समय देशद्रोहको मुद्दामा नया“ मोड आयो । जनवरी १९५९ मा बचाउने पक्षमा लागेका व्यक्तिलाई त्यस समयमा एउटा अरु ठूलो विजय प्राप्त भयो, जब यो मुद्दाका ६१ अरु अभियुक्तलाई दोषमुक्त मानेर छोडिदिए । ६५ जनालाई पहिले नै जेलमुक्त गरिएको थियो । तर मण्डेला, वाल्टर सिसलु, हेलन जोसेफलगायत ३० जनालाई अभियोगबाट छुटकारा गरिएको थिएन । यस महिनामा मण्डेला र टाम्बोलाई सरकारी आदेश भयो कि उनीहरु ग्रुप एरिया एकटअर्न्तर्गत आफ्नो वकालतको कार्यालय मुख्य जेहान्र्सवर्गबाट हटाउनु तथा सहरी क्षेत्रको अरु कुनै ठाउ“मा वकालत गरुन् । यो स्पष्ट छ कि मण्डेलामाथि रङभेदी सरकारको यो एउटा आघात थियो । यो आदेशबाट सरकारले उनलाई वकालत छोड्नका लागि बाध्य गराउन चाहन्थ्यो । यहा“ बसेर उनले दलित अश्वेतहरुको सहायता गरिरहेका थिए । धेरै कठिनाइबाट उनीहरुले आफ्नो यस व्यवसायका लागि केही ठाउ“ बनाएका थिए । यस्तो अवस्थामा कहीँ अरु ठाउमा गएर वकालत जमाउन सक्नु असम्भव जस्तै थियो । यसकारण उनले यस आदेशलाई मानेनन् । पछि उनी अप्रिmकाका सफल राजनेता बने । निकै लामो समय त्यो देशको राष्ट्रपति बने । तिनै नेता अहिले गम्भीर अस्वस्थताका कारण अस्पतालमा छटपटाइरहेका छन् । उनको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।


प्रतिक्रियाहरु

[anycomment]