बेलायती युवराज्ञीलाई पुत्रलाभ

२०७० श्रावण ८ गते, मंगलवार

साउन ८ – बेलायती युवराज्ञी केट मिडलटनले छोरा जन्माउनुभएको छ ।बेलायती समय अनुसार सोमबार दिउँसो ४ बजेर २४ मिनेट जाँदा लण्डनको सेन्ट मेरिज अस्पतालमा डचेज अफ क्याम्ब्रिज केट र ड्युक अफ क्याम्ब्रिज विलियमलाई पुत्रलाभ भएको शाही परिवारले जानकारी दिएको हो ।शाही परिवारले बालक जन्मिएको ४ घण्टापछि मात्रै खबर सार्वजनिक गरेको थियो । प्रिन्स अफ क्याम्ब्रिजको नामबाट चिनिने र राजगद्दीको तेश्रो उत्तराधिकारी हुने बालकको नाम भने घोषणा गरिएको छैन ।दरबारले राजपरिवारमा नयाँ सदस्य थपिएको खबर सार्वजनिक गरेसँगै बेलायतभर उत्सव मनाइएको छ । सोमबार विहान युवराज्ञी केटलाई अस्पताल भर्ना गरिएदेखि अस्पताल बाहिर जम्मा भएका बेलायती नागरिकले खुशीयाली मनाएका थिए ।बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजपरिवारले नयाँ सदस्य पाउनु देशका लागि महत्वपूर्ण क्षण भएको उल्लेख गर्नुभएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]