पाकिस्तानको जेलमा उग्रवादीको आक्रमण
काठमाडौं ,साउन, १५ – पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण गरेको छ । समूहले जेलबाट झण्डै ३ सय कैदीलाई भगाएको दाबी गरेको छ ।प्रहरीले भने जलबाट फरार हुने कैदीको संख्या यकिन नभएको र दर्जनौं भागेका हुन सक्ने आशंका गरेको छ ।उग्रवादी समूहले जेलमा शृखंलाबद्ध बिस्फोट र ग्रिनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ फायरिङ भइरहेको जनाइएको छ । आक्रमणकारीहरु प्रहरीको पोशाक लगाएर आएका स्थानीय अधिकारीहरुले बताएका छन् । यो जेलमा सयौँ तालिवान र प्रतिबन्धित समूहका लडाकुलाई राखिएको छ ।
केहि दिन अघि जेलमा आक्रमण गर्ने धम्कि पत्र आएको तर यति छिट्टै र यसरी आक्रमण होला भनेर अनुमाननै नलगाएको जेल विभागका प्रमुख खालिद अब्बासको भनाइ छ । तालिवान प्रवक्ता शाहिदुल्लाह शाहिदले आक्रमणको जिम्मा लिएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । – एजेन्सी