पाकिस्तानमा बम बिष्फोट , तीनको मृत्यु
पञ्जाब ,२२ साउन- पाकिस्तानको पञ्जाब प्रान्तमा हिजो साँझ एक रेलमा बम बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक तथा एक महिला रहेका छन् । घटनामा अन्य ३५ जना घाईते भएका छन् । घाईतेहरुको पञ्जाब अस्पतालमा उपचार भैरहेको छ । अधिकारीहरुका अनुसार शालीमार एक्सप्रेसको रेलमा एक डिब्बाको शौचालयमा बम राखिएको थियो ।त्यहाँका रेल मन्त्रीले घटनालाई आतंककारी हमलाको संज्ञा दिँदै यस बारे छानबिन गरिने बताएका छन् ।- एजेन्सी