भारतीय सेनाको पानीजहाजमा विस्फोट
काठमाडौ ,साउन, ३० – मुम्बईको कोलाबामा सैन्य क्षेत्रमा राखिएको आइएनएस सिन्धुरक्षक नामक भारतीय सेनाको पानीजहाजमा विष्फोट भएको छ ।मध्यरातमा विष्फोट पछि आगलागी भएको भारतीय रक्षामन्त्रालयले जनाएको छ ।पानीजहाजमा १८ जना सैनिक फसेको आशंका गरिएको छ । उनीहरु पानीमा डुबेको हुनसक्ने आशंकामा गोताखोरको सहयोगमा खोजी भइरहको छ । आगो विहान ३ बजेतिर नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आगलागीबाट सिन्धुरक्षक पूरै क्षतिग्रस्त भएको र अर्को पानीजहाज सिन्धुरत्नमा पनि क्षति पुगेको छ । रक्षा अधिकारीहरुले विष्फोट र आगलागीको छानबीन गर्न आदेश दिइसकेको बताएका छन् । – एजेन्सी