भारत ६७ औँ स्वतन्त्रता दिवस मनाउदै

२०७० श्रावण ३१ गते, बिहीबार

काठमाण्डौ, ३१ साउन। भारतमा आज ६७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक बर्षको अगष्ट १५ तारिखका दिन दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले पनि बिहीबार विशेष कार्यक्रमको आयोजना गरेको छ । स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । स्वतन्त्रता दिवसका दिन हरेक वर्ष भारतले नेपाललाई सहयोगको घोषणा गर्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]