इजिप्टका सेना चुप लागेर नबस्ने

३ भदौ – इजिप्टका सेना प्रमुख जनरल अब्दुल फतह अल सिसीले हिंसा जारी रहे सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् । मुर्सी समर्थकलाई लक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सेना प्रमुख सिसीले प्रदर्शनकारीहरुलाई हिंसा छोडेर देशको पुनर्निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सिसीले मुर्सी समर्थकलाई पटक पटक आफूले हिंसा त्याग्न भने पनि उनीहरुले अटेर गरेको बताएका छन् । सेना प्रमुख सिसिले मुर्सी समर्थकहरुले देशलाई बर्बाद गरेको आरोप लगाएका छन् । तर, सिसीको यस्तो चेतावनीका बावजुद मुर्सी समर्थकहरुले भने प्रदर्शनलाई जारी राख्ने बताएका छन् । इजिप्टमा जारी हिंसाका कारण कैयांैको मृत्यु भइसकेको छ । इजिप्टको सरकारी समाचार एजेन्सी मेनाका अनुसार हिजो भएको हिंसामा परी ७९ जनाको मृत्यु भएको छ भने ५ सय बढी घाइते भएका छन् । – एजेन्सी