हड्तालमा बसेका कैदीलाई जबरजस्ती खाना खुवाइने

२०७० भाद्र ४ गते, मंगलवार

४ भदौ – अमेरिकाको क्यालिफोर्निया अदालतले भोक हडतालमा बसेका कैदीहरुलाई जबर्जस्ती खाना खुवाउन कारागार प्रशासनलाई अनुमति दिएको छ ।
६ हप्ता भन्दा बढी समयदेखि भोक हडतालमा उत्रिएका कैदी मध्य केहीको अवस्था अत्यन्तै नाजुक बनेपछि कारागार प्रशासनले बलपूर्वक खाना खुवाउन अदालतसँग अनुमति मागेको थियो । अदालतले गम्भीर अवस्थामा पुगेकालाई मात्रै चिकित्सकको सहयोगमा खाना खुवाउने अनुमति दिएको हो ।
हिंश्रक कैदीलाई अलगै राख्ने अभ्यासका विरुद्ध कैदीहरु गएको जुलाई ८ तारिखदेखि आन्दोलनमा उत्रिएका हुन् । राज्यका झण्डै ३० हजार कैदीले हड्ताल सुरु गरेकोमा अहिले १ सय ३० जना आमरण अनसनमा छन् ।
गम्भीर प्रकृतिका मुद्धाका कैदीलाई एकान्त काराबासमा राख्ने राज्यको नीति रहेकोमा त्यसले गम्भीर शारीरिक तथा मानसीक समस्या निम्त्याउने भएकाले खारेज गर्नुपर्ने कैदीको तर्क छ ।
एकान्त कारावासको सजायँ पाएका कैदीका तर्फबाट प्रशासनमा दिईएको उजुरीमा कैदीलाई एक दशक भन्दा बढी समयदेखि दैनिक २२ देखि २४ घण्टा सम्म अलग्गै राख्ने गरिएको र दर्जनौं कैदीले २० वर्ष भन्दा बढी समय छुट्टै सेलमा एक्लै बिताएका उल्लेख छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]