कोलम्बियामा बिद्रोहीसँगको बार्ता अन्यौलमा
भदौ ८ – कोलम्बियामा फार्क विद्रोही समूहले शान्तिवार्ता एकतर्फी रुपमा स्थगित गरेको घोषणा गरेपछि सरकार र विद्रोहीको बार्ता अन्यौलमा परेको छ ।
विद्रोहीको घोषणापछि राष्ट्रपति जुँवा म्यानुयल सान्टोसले वार्ताकारलाई तत्काल फर्किन आदेश दिनुभएको छ । उहाँले विद्रोहीको निर्णयको समिक्षा गरी उचित मानिएको अवस्थामा मात्रै वार्ता फेरि शुरु हुने बताएका छन् ।
कुनै पनि शान्ति सम्झौता जनमत संग्रहमा लगिने प्रस्तावको अध्ययन गर्न चाहेकाले वार्ता तत्कालका लागि स्थगित गरेको घोषणाले फार्क विद्रोहीले गरेको छ । राष्ट्रपति सान्टोसले फार्क विद्रोहीले वार्ता स्थगनको निर्णय र शर्त लागू गर्न नसक्ने टिप्पणी गरेका छन् ।
दुई दिनअघि मात्रै राष्ट्रपति सान्टोसले आउँदो मार्चमा हुने संसदीय चुनावका रुपमा या दुई महिना पछि हुने राष्ट्रपति चुनाव संगै जनमत संग्रह गराउने प्रस्ताव गरेपछि वार्ताले नयाँ मोड लिएको हो ।सरकार र विद्रोहीबीचको वार्ता गएको नोभेम्बरदेखि क्यूबामा चलिरहेको छ । फार्कका शीर्ष वार्ताकार पाब्लो कातातुम्बोले संविधान परिवर्तनको आशा सहित जनमत संग्रहको साटो संविधान सभाको प्रस्ताव गरेकाले नयाँ परिस्थितीमा सरकारको प्रस्तावबारे गम्भीर रुपमा विश्लेषण गर्नका लागि तत्काललाई वार्ता स्थगित गरेको बताए ।