सिरियामाथि सैनिक कारबाही तयारी गर्दै अमेरिका

२०७० भाद्र ११ गते, मंगलवार

वासिङटन,११ भाद्र – ओवामा प्रशासन सिरियाविरुद्ध सैनिक कारबाही गर्ने प्रकृयाको नजिक पुगेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले आज सिरिया सरकारले रसायनिक हतियार प्रयोग गरेर आफ्ना नागरिकको आन्दोलन दवाएको र आफ्नो करतुत ढाक्ने प्रयास गरेको आरोप लगाए।ह्वाइट हाउसले सैनिक कारबाही अगाडि त्यहाँको संसदमा यसबारे छलफल चलाउने तयारी गरेको छ। रसायनिक हतियारका कारण महिला र बालबालिका मारिएको प्रति अमेरिका लगायत पश्‍चिमा मुलुकहरुले सिरयाली सरकारलाई चेतावनी दिएका छन्।
‘नागरिकको विभत्सरुपमा हत्या गरिएको छ, महिला र बालबालिका र अवोधहरुमाथि रसायनिक आक्रमण गर्नु कुनै पनि आधारमा मानवीय हुन सक्दैन,’ केरीले बताए। गत अगस्ट २१ मा सिरयाली सरकारले रसायनिक हतियार प्रयोग गरेको पश्‍चिमा मुलुकहरुले दावी गरेका छन्। केरीले सिरयामा रसायनिक हतियार प्रयोग भएको छैन भन्नु पूर्ण अपत्यारिलो भएकोसमेत बताए।
रसायनिक हतियार प्रयोगको विवाद उठेपछि राष्ट्रसंघीय अनुसन्धान टोली सिरियाको प्रभावित क्षेत्रको अवलोकनमा गएको थियो। उनीहरु चढेको गाडीमाथि गोली प्रहार भएको थियो।
ह्वाइट हाउस प्रवक्ता जय कार्नीले अहिलेसम्म सैनिक कारबाहीको निर्णय भइनसकेको बताए। तर, पेन्टागनले सम्भावित सैनिक कारबाहीको लागि अभ्यास अगाडि बढाइसकेको छ। उनीहरुले हवाइ उडान गर्न नहुने क्षेत्रको पहिचानलगायतका काम अगाडि बढाइसके।अमेरिकाले आगामी दिनमा पनि रसायनिक हतियार प्रयोग हुनसक्ने भएकाले सैनिक कारबाही गर्ने सम्भावना बढेको हो।- एजेसी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु