अमेरिकाका मस्जिद आतंकवादी संस्थाको सूचीमा

२०७० भाद्र १२ गते, बुधबार

काठमाडौँ, १२ भदौ – अमेरिकाको न्यूयोर्क प्रहरी प्रशासनले शहरका सबै मस्जिदलाई आतंकवादी संस्थाका रुपमा सूचीकृत गरेको छ ।सबै मस्जिदलाई गोप्य रुपमा आतंकवादी संस्थाका सूचिकृत गरेपछि प्रहरी प्रशासनले अब मस्जिदमा हुने सबै सम्बोधन तथा नमाज पढ्नेमाथि जासुसी गर्न पाउने छ ।सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंककारी हमला भएपछि न्युयोर्क प्रहरीले झण्डै ११ वटा मस्जिदमा छानवीन गरेको थियो ।
न्युयोर्कको पुलिस विभागले यसलाई टेरोरिजम इन्टरप्राइजेज इन्भेस्टिगेसनको नाम दिएको थियो । कुनै पनि मस्जिदलाई आतंककारी संस्था घोषणा गरेपछि त्यहाँ नमाज पढ्ने सबैमाथि छानवीन गर्न र उनीहरुमाथि कडा निगरानी राख्ने गरिन्छ । न्युयोर्क पुलिसले भने यस विषयमा केही पनि सुचना दिएको छैन ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]