भारतको मोस्ट वान्टेड यासिन भटकल पक्राउ

२०७० भाद्र १३ गते, बिहीबार

काठमाण्डौ,१३भदौ – भारतको मोस्ट वान्टेडको सुचीमा रहेका आतंकवादी यासिन भटकललाई नेपाल प्रहरीको टोलीको सहयोगले नेपाल भारत सिमा सुनौलीबाट प्रक्रिएको बताइएको छ । भटकल माथी १० लाख भारु टाउकाको मूल्य तोकिएको भारतीय सन्चार माध्यमका जनाएका छन ।यासिनलाई नेपाल भारत समुक्त टोलीले पक्राउ गरेको आजतक , एबिपि न्युज लगायत सञ्चार माध्यमले जनाएका छन ।
भटकल २००९ मा कोलकत्ता प्रहरीबाट भागेको बताइएको छ । सन २००९ डिसेम्बरमा उनलाई भारतिय जाली नोटको कारोबार, सन् २०११ सेप्टेम्बर ११ मा दिल्ली उच्च न्यायालयमा भएको बम विस्फोटमा संलग्न रहेको भारतीय प्रहरीको दावी छ। उक्त विस्फोटमा १२ जनाको मृत्यू भएको थियो।
भारतीय प्रहरीका अनुसार उनी इन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठनको संस्थापक नेतासमेत भएको दाबी गरेको छ ,साथै भटकललाई अहिले सम्म १० ठुला आतकवादी घटनामा सम्लग्न भएको आरोप लगाइएको छ ।भारतिय गृहमन्त्री सुशील कुमार शिन्देका अनुसार बुधबार राती भटकल लाई गिरफ्तार गरीएको बताएका छन । अहिले प्रहरीले सोधपुक्ष गरीरहेको उनले जानकारी दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]