सिरियामा सैन्य कारवाही गर्ने अमेरिकी तयारी

२०७० भाद्र १५ गते, शनिबार

काठमाडौं ,भदौ १५ – अमरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सिमित सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन् ।अमेरिकाले सिरियामा सैन्य आक्रमणको सबै तयारी पुरा गरिसकेको समाचार आइरहेका बेला राष्ट्रपति ओबामाले सैन्य कारबाही गर्ने नगर्नेबारे कुनै निर्णय भइनसकेको बताएका हुन् ।
यसअघि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको सरकारी सेनाले राजधानी दमास्कसमा गरेको रसायनिक हमलामा १४ सय २९ जनाको ज्यान गएको बताए का थिए । तीमध्ये ४ सय २६ जना बालबालिका पनि रहेको केरीको दावी छ ।
सिरियाली सरकारले आरोपको खण्डन गर्दै विपक्षीले रसायनीक हमला गरेको जिकिर गरिरहेका बेला अमेरिकी विदेशमन्त्री केरीले सरकारी सेनाले गरेको रसायनिक हमलामा १४ सय २९ जनाको ज्यान गएको पर्याप्त प्रमाण रहेको बताएका छन् ।
रुसले सिरियामा आक्रमण गरिए त्यो सैह्य नहुने चेतावनी दोहोर्‍याएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता अलेक्जेण्डर लुकासेविचले सिरियामाथिको आक्रमण अन्तराष्ट्रिय कानुनको विरुद्ध हुने र यसले सिरियाली समस्याको राजनीतकि समाधानमा धक्का लाग्ने चेतावनी दिए । सिरियामा अमेरिकाले आक्रमणको तयारी गरिरहँदा त्यसको समर्थन र विरोध भइरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]