मन्डेला घर फर्किए

२०७० भाद्र १७ गते, सोमबार

७ भदौ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ९५ वर्षीय नेल्सन मन्डेला ज्यान जोखिममा पार्ने फोक्सोको तीन महिनासम्म उपचारपछि अस्पतालबाट घर फर्केका छन् ।उनको घरमा पनि सघन उपचार भइरहेको छ । राष्ट्रपति ज्याकब जुमाका प्रवक्ता म्याक महाराजले मन्डेलाको अवस्था अझै चिन्ताजनक तथा अस्थिर रहेको बताएका छन् । फोक्सोमा सङ्क्रमण देखिएपछि जुन ८ का दिन पूर्व प्रजातन्त्रवादी नेता मन्डेलालाई अस्पताल भर्ना गरिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]