भुटानमा विस्फोट, १० को मृत्यु
१८ भदौ । भुटानको हा क्षेत्रमा भारतीय सैनिक तालिम समूह (इमटार्ट) को केन्द्रनजिकै पुराना विस्फोटक पदार्थ नष्ट गरिरहेको समयमा विस्फोट हुँदा कम्तीमा आठ भुटानी सैनिकको मत्यु भएको छ भने अन्य १० व्यक्ति घाइते भएका छन् ।घाइते भएका भुटानको राजकीय सेनाका कर्मचारीहरूलाई नजिकै रहेको इमटार्ट अस्पतालमा लगिएको छ । घाइते भएका केही व्यक्तिलाई हेलिकोप्टरबाट थिम्पु लगिएको छ । मर्ने तथा घाइते हुनेमा भुटानको राजकीय सेनाका बम निस्क्रिय पार्ने समूहका सदस्य भएको बताइएको छ ।हामा इमटार्टको केन्द्र सन् १९६० मा स्थापना भएको हो । यसको दुई वर्षपछि भारतले वाङचुक लो डीजोङ सैनिक विद्यालय स्थापना गरेको थियो । यसमा भुटानको राजकीय सेनाका कर्मचारी तथा राजकीय अङ्गरक्षकहरूलाई तालिम दिने गरिएको छ । – एजेन्सी