मरेको ४५ बर्षछि दागबत्ति !
काठमाडौँ । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको दागबत्ति दिन गइरहेका छन् । सम्भवत पहिलोपटक ५२ बर्षा छोराले आफ्ना २८ बषर्ीय बाबु शवलाई दाग बत्ति दिइरहेका छन् । जगमाल सिंहको शव ४५ बर्षेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन् कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको शव ४५ बर्षछि पाइन्छ भनेर । गत अगष्ट २२ मा भारतीय सेनाले ४५ बर्षघि बिमान दुर्घटनामा मरेका सैनिकको शवसँगै जगमालको शव पनि फेला पारेको छ । शव फेला पार्दा शरीरमा सैनिक पोशाक कायम थियो भने खल्तीमा सैनिकको परिचय दिने कागजात पनि रहेको थियो । उनको साथमा परिचय खुल्ने पट्टासँगै बिमा नीति तथा उनका परिवारले पठाएको पत्र चिठी पनि भेटिएको छ । सन् १९६८ को फेब्रअरी महिनामा एक मालबाहक बिमान दुर्घटनामा यी सैनिकको मृत्यु भएको थियो । उनको शव सेनाले ढाका हिमनदीमा पाँच हजार चार सय मिटरको उचाइमा फेला परेको बताइएको छ । पर्वतारोहीले सन् २००३ मा उक्त क्षेत्रमा शव देखेका थिए । त्यसपछि सेनाले खोजी अभियान चलाएको थियो जसबाट चारवटा शव फेला पारेको थियो । आफैँ पनि सैनिक सेवाबाट अबकाश पाइसकेका रामचन्द्र भन्छन्-‘बिमान दुर्घटना हुँदा म छ बर्षो थिएँ । अब म ५२ बर्षभइसकेछु र मैले मेरा २८ बर्षा बाबुको शव पाउँदैछु ।’ -एएफपी