रासायनिक हतियारको प्रयोगमा विद्रोहीको हात: पुटिन
वासिङटन, २७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियमा केही समयअघि गरिएको भनिएको रासायनिक हतियारको प्रयोगमा त्यहाँका विद्रोहीको हात रहेको आरोप लगाएका छन् ।अमेरिकाले सो हतियारको प्रयोगमा सिरियाली राष्ट्रपति बसार अल आसादको हात रहेको आरोप लगाइरहेको बेला राष्ट्रपति पुटिनले बुधबार सो आरोप लगाएका हुन् ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको संस्करणमा दिनुभएको आफ्नो विचारमा उनले सो आरोप लगाएका हुन् ।उनले सिरिया र उ मार्फत मध्यपूर्वमा नै आतङ्क मच्चाउने हिसाबले अमेरिका र उसका सहयोगी गठबन्धनले त्यहाँ आक्रमभणको योजना बनाइरहेको पनि आरोप लगाएका छन् ।
केही समयपछि जेनेभामा संयुक्त राज्य अमेरिका र रसियाका अधिकारीहरुका बीचमा छलफल हुन लागेको भनिएकोमा सो छलफको पूर्व सन्ध्यमा सो धारणा राखेको बताइएको छ ।उक्त आक्रमणमा सिरियाका वर्तमान राष्ट्रपति असादका विरोधीहरुको हात रहेको हुनसक्छ उनले दाबी गरेका छन् ।तर यता अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने उक्त आक्रमणमा सिरियाली सरकारकै हात रहेको भएर सैनिक कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।
गत अगष्ट २१ मा सिरियाको राजधानी दमासकसमा भएको सो आक्रमणमा कम्तीमा पनि एह हजार ४०० जनाको ज्यान गएको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी दिनहरूमा सिरियामाथि अमेरिकी कारबाहीको भविष्यको रूपरेखा तयार गर्नुहुने समाचारले अन्तर्राष्ट्रिय बजारलाई पनि छोएको छ ।अमेरिका, बेलायत र अन्य मुलुकहरूले सिरियाको राजधानी दमासकसनजिकै भएको सो आक्रमण एउटा ठूलो स्तरको रासायनिक हतियारमार्पmत भएकोले त्यसमा सिरियाली राष्ट्रपति बसार अल आसादको सरकार जिम्मेबार रहेको बताएका छन् ।
सिरियामा संयुक्त राष्ट्रसङ्घका हतियार निरीक्षकहरुका साथै अधिकारवादीहरु पनि पुगेर त्यसको निरीक्षण रहेका छन् । उनीहरुले त्यहाँ रासायनिक हतियारको प्रयोगका बारेमा अनुसन्धान पूरा गरी उक्त हतियारको प्रयोगको आशङ्का गरिसकेका छन् ।
यता अमेरिकाले सिरियामा आफ्ना सैनिकहरु तैनाथ गरिरहेको छ । गत बुधबारको सिरियाली सेनाको सो आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको पाइएमा अमेरिकी सेनाले सिरियामाथि आक्रमण गर्ने बताइएको छ ।
तर अमेरिकी नेतृत्वमा गर्ने भनिएको सो आक्रमणको रसिया र चीनले भने विरोध गरिरहेका छन् । उनीहरुले यस्तो आक्रमणले संयुक्त राष्ट्रसङ्घको भूमिका खम्चिने र यसले मध्यपूर्वी राष्ट्रहरुमा नै नकारात्मक प्रभाव पार्ने बताएका छन् ।
तर यस विषयमा बुधबारदेखि भने केही परिवर्तन आएको देखिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालका लागि सिरियामाथिको सो आक्रमणको तयारीलाई राक्ने तयारी गरिरहनुभएको पनि बताइएको छ । एएफपी