अफगानिस्तानको अमेरिकी दुतावास बाहिर बम विस्फोट
२८भदौ – अफगानिस्तान रहेको अमेरिकी वाणिज्य दुतावास बाहिर शक्तिशालि बम बिस्फोट भएको छ ।हेरात प्रान्तमा रहेको वाणिज्य दुतावास अगाडी तालिवानले शक्तिशाली बिस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आत्मघाती आक्रमणकारीले बिस्फोट गराएको र त्यस लगत्तै अरु विद्रोही लडाकुले दुतावासको भवनमा हमलाको प्रयास गरेका समाचारमा उल्लेख छ ।
अहिले त्यहाँ सुरक्षाकर्मी र विद्रोहीबीच गोलीबारी भइरहेको छ । घटनामा ७ जना घाइते भएको बताइएपनि पूर्ण विवरण भने आइसकेको छैन । अफगानिस्तानमा रहेका विदेशी सैनिकलाई आउने वर्ष फिर्ता पठाउने तयारी भइरहेको छ ।तालिवानले अफगानिस्तानमा रहेका नेटो सेनालाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।- एजेन्सी