बलात्कारीलाई मृत्युदण्ड
नयाँ दिल्ली ,२८ भदौ : सामुहिक बलात्कार काण्डका चार अभियुक्तहररुलाई दिल्ली विशेष अदालतले मृत्युदण्डको सजाय शुक्रबार सुनाएको छ । गत डिसेम्बरका आफ्ना केटा साथीका साथ बसमा गइरहेकी चिकत्साशास्त्रका एक जना विद्यार्थीलाई सामुहिक बलात्कार पछि हत्या गरेको अभियोगमा उनिहरुलाई उक्त्त सजाय दिइएको हो ।भारतीय अखवार दी हिन्दुको अनलाइन संस्करणका अनुसार मृत्यु दण्ड पाउनेमा मुकेश , अक्क्ष ठाकुर ,पवन गुप्त र विनय शर्मा रहेका छन् । उनीहरुलाई यही सेप्टेम्बर १० दोषी करार गरिएको थियो ।