जम्मु कास्मिरमा आतंकवादी हमला
१० असोज – भारत प्रशासित जम्मु कास्मिरमा प्रहरी चौकी र सेनाको क्याम्पमा भएको आतंकवादी आक्रमणमा ९ जनाको ज्यान गएको छ ।५ जना भन्दा बढी घाइते भएका छन् । सुरक्षा निकायले ९ जनाको ज्यान गएको बताएपनि जम्मु काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले भने १२ जनाको ज्यान गएको बताएका छन ।जसमा १ जना लेफ्टिनेन्ट कर्णेल, २ सैनिक जवान, ६ प्रहरी र ३ जना सर्वसाधारण रहेका छन् । जम्मू काश्मिरको कठुवा जिल्लामा रहेको प्रहरी चौकीमा आज बिहानै सेनाको वर्दी लगाएका ३/४ जना बन्दुकधारीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कठुवामा आक्रमण गरी भागेका आक्रमणकारीले छिमेकी जिल्ला साम्बामा पुगेर सेनाको क्याम्पमा पनि आक्रमण गरेका थिए । आक्रमणकारी अहिले पनि सेनाको क्याम्पमै रहेको अनुमानमा खोजी सुरु गरिएको छ ।- एजेन्सी