लालु यादव भष्ट्राचारी ठहर
बिहार,१४ असोज । राष्ट्रिय जनता दलका अध्यक्ष तथा बिहारका पूर्वमुख्यमन्त्री लालु यादव भष्ट्राचारी ठहर भएका छन् । बिहारका ४ वटा काण्डमा भष्ट्राचारमा उनी मुछिएका हुन् ।सीबीआई अदालतले राष्ट्रिय जनता दलका अध्यक्ष समेत रहेका उनलाई भष्ट्राचारमा दोषी ठहर गरेको हो ।यादव सहित अन्य ४४ जना पनि भष्ट्राचारी ठहर भएका छन् ।यादवलाइ ४ बर्ष जति जेलसजाय हुन सक्ने अनुमान गरीएको छ । उनीमाथी ३७ करोड भन्दा बढि भष्ट्राचार गरेको अभियोग लगाइएको छ ।