चौधरीलाई मृत्युदण्डको सजाय
१५ असोज । बंगलादेशमा युद्ध अपराधको अभियोगमा विपक्षी दल नेता सलाहुद्दिन कादर चौधरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । युद्ध अपराध अदालतले बंगलादेश नेशनल पार्टीका नेता चौधरीलाई पाकिस्तानसँगको स्वतन्त्रता युद्धमा मानवताविरुद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरेको थियो । हत्या, बलात्कार, नरसम्हारलगायत २३ मुद्दामध्ये नौ वटामा चौधरी दोषी ठहर भएका थिए । यसैबीच, बंगलादेश नेशनल पार्टीले अदालतको फैसलालाई राजनीतिबाट प्रेरित भएको आरोप लगाएको छ । यो फैसलासँगै बंदलादेशको विभिन्न भागमा प्रदर्शनसमेत भएको छ । सन् १९७१ मा बंगलादेश र पाकिस्तानको स्वतन्त्रता युद्धमा ३० लाख मानिसको ज्यान गएको थियो ।