अमेरिकी रक्षा मन्त्रालयले बिदामा बसेका कर्मचारीलाई फिर्ता बोलायो
२० असोज – अमेरिकी रक्षा मन्त्रालयले बजेट संकटका कारण बिदामा बसेका आफ्ना कर्मचारीहरुलाई काममा फर्किन निर्देशन दिएको छ ।
संकटका बेला पनि सैन्य क्षेत्रलाई तलब दिने गरी तयार गरिएको सैन्य ऐनले कर्मचारीलाई तलब दिने अनुमति दिने भएकाले कर्मचारीलाई काममा फिर्ता बोलाइएको रक्षामन्त्रालयले जनाएको छ ।संसदमा बजेटमा सहमति हुन नसकेपछि रक्षा मन्त्रालय मातहत काम गर्ने ४ लाख कर्मचारीलाई बिदा दिईएको थियो । रक्षा मन्त्रालयले बिदामा बसेका सबै कर्मचारीलाई नभई अत्यावश्यक ठानिएका कर्मचारीलाई मात्रै फिर्ता बोलाइएको स्पष्ट पारेको छ ।
सैन्य भुक्तानी सम्बन्धि ऐन बजेटको समयसीमाको सकिनु एक दिन अघि संसदले पारित गरेको थियो । रिपब्लिकन र डेमोक्र्याट्स्बीचको द्वन्द्वका कारण पाँचदिन देखि संघीय कामकाज ठप्प भएको छ । ८ लाख कर्मचारीलाई अवैतनिक बिदा दिईएकोमा तल्लो सदनले हिजो ति कर्मचारीलाई तलब दिने गरी विधेयक पारीत गरेको छ ।