यसवर्ष चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जनालाई

२०७० आश्विन २१ गते, सोमबार

२१ असोज – यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् ।कोष भित्र रहने भ्याकुओलले कसरी आवश्यक पदार्थहरु सम्बन्धित ठाउँमा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाएबापत उनीहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो ।पुरस्कार पाउनेमा २ अमेरिकी नागरिक जेम्स रोथमन र र्‍यान्डी चेकम्यान रहेका छन् भने अर्का जर्मन नागरिक थोमस सुड्होफ रहेका छन् । उनीहरुले कोषमा हुने तरल पदार्थले भरिएको भ्याकुओलले शरीरमा आवश्यक पर्ने पदार्थहरु जहाजले जस्तै निश्चित ठाउँमा ओसार्ने कुरा पत्ता लगाएका थिए ।
यस अध्ययनले मस्तिष्कले कसरी सूचना आदान प्रदान गर्छ, कसरी हर्मोनहरु उत्पादन हुन्छ र रोग प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ भन्ने विषयका बारेमा पनि महत्वपूर्ण जानकारी समेटेको छ ।पुरस्कार वितरण समितिका अनुसार यस अध्ययनले शरीरमा कुनै पनि पदार्थ आवश्यक भएको निर्देशन पाए लगत्तै कसरी कोषभित्र तथा बाहिर समयमै ती कुराहरु पुग्छन् भन्ने थाहा पाउन सकिने बताएको छ । मधुमेह तथा मष्तिस्कमा आउने विभिन्न समस्या समाधानका लागि यो अध्ययन फलदायी हुनेछ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]