भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार युरोपेली वैज्ञानिकलाई

२०७० आश्विन २२ गते, मंगलवार

२२ असोज – ब्रम्हाण्डको उत्पत्तिको विषयमा खोज अनुसन्धान गर्ने दुइ युरोपेली वैज्ञानिकले यो वर्षो नोबेल पुरस्कार प्राप्त गरेका छन् । ब्रम्हाण्डको उत्पत्तिका विषयमा इश्वरीय पिण्ड सम्बन्धि सिद्धान्त अर्थात् हिग्स बोसोनको सिद्धान्त प्रतिपादन गर्ने बेलायती र बेल्जियमका दुइ भौतिक शास्त्रीले यो वर्षो भौतिक शास्त्र तर्फो नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।बेलायतका पिटर हिग्स र बेल्जियमका फ्रान्कोइस इनगर्ल्टलाई संयुक्त रुपमा सन् २०१३ को भौतिक शास्त्र तर्फो नोबेल पुरस्कार प्रदान गरिएको हो ।सन् १९६० को दशकमा यी दुइ वैज्ञानिकले ब्रम्हाण्डको आधारभुत एकाइको पनि पिण्ड हुन्छ भन्ने विषयमा गहन खोज गरी इश्वरीय तत्वको सिद्धान्त प्रतिपादन गरेका थिए । उनीहरुले ठहर गरेको हिग्स बोसोन नाम दिइएको उक्त पदार्थ अन्ततः सन् २०१२ मा एक विशाल भूमिगत प्रयोगशालामा गरिएको प्रयोगबाट प्रमाणित भएको थियो । स्विजरल्याण्डको र्सर्नमा गरिएको उक्त लार्ज हेड्रोन कोलाइडर प्रयोग मार्फ हिग्स बोसोन पदार्थ भएको प्रमाणित भएको थियो । हिग्स र फ्रान्कोइसको सिद्धान्तले पारमाणिक तत्वको पिण्डका विषयको खोजीका लागि मार्ग प्रसस्त गरेको थियो ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सका स्थायी सचिव स्टेफेन नोरमार्कले भौतिक शास्त्रको जगतमा देख्दा सानो तर सबै सोचाइमा परिवर्तन ल्याइदिएको आविष्कारका लागि नोबेल पुरस्कार पाएको बताए ।
नोबेल पुरस्कार विजेता फ्रान्कोइस इनगर्ल्टले नोबेल पुरस्कार पाउँदा आफु निकै खुसी भएको बताएका छन् । यस्तै अर्का विजेता हिग्सले पनि खुसी व्यक्त गर्दै आफुहरुलाई पुरस्कारको लागि छनौट गर्ने रोयल स्विडिस एकेडेमीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु