जापानमा आधीबेरी , तीनको मृत्यु

२०७० आश्विन ३० गते, बुधबार

जापान l सामुद्रिक आधीका कारण ३ जनाको ज्यान गएको जापानका मिडियाले जनाएको छ lमिडियाका अनुसार जापानको राजधानी टोकियोको दक्षिणी क्षेत्रमा पर्ने इजु ओशीमा द्विपमा चार जनाको ज्यान गएको जनाएको छ l तिन जनाको मृत शरीर फेला परिसकेको छ भने एक जना अझै अज्ञात रहेको छ l त्यस क्षेत्र वरपर सामुद्रिक आधीका साथै अत्याधिक बर्षाका कारण घरहरु बगाएकोले के कति क्षेति भयो भन्ने बिवरण आइनसकेको जनाएको छ l
जापानमा प्राकृतिक प्रकोप मध्य आधीबेरी पनि एक हो l यसबाट सम्भावित क्षतिलाई कम गर्न सुरक्षाका उपायहरु अपनाउने गरेको भेटिन्छ l एक हप्ता अघि देखि नै मिडियाबाट ब्यापक प्रचार गरिरहेको छ l नियमित संचालन हुने बिद्यालय, कम्पनी, रेल सेवा, हवाई सेवा, बस सेवा लगायत क्षेत्रहरु प्रभावित भएको छ l यत्रत्यत्र साइकलहरु लडिरहेको भेटिन्छ l गाडीमा बाहिर निस्केकाहरू जामको सामना गरिरहेका छन् l लामो दुरीका हाईवेहरुमा संचालित तिब्र गतिका रेल, यातायात लगायत सम्पूर्ण बीच बाटो मै रोकिएको अवस्था छ l यात्रारत यात्रुहरु अलपत्र परेका छन् l
जापानको मौसम विज्ञानका अनुसार १० बर्षकै सबै भन्दा शक्तिशाली आधीबेरी आउने जनाएको छ l बिहान ८ बजे देखि आउने आधिबेरी दक्षिणी भागमा प्रतिघन्टा २०० किलोमिटरको वेगमा आउने साथै कान्तो क्षेत्रमा (कान्तो) बिहान ५ बजे प्रति घण्टा ४० किलोमिटरको वेगमा आउने जनाएको छ l आधिबेरीले फुकुसिमा प्लान्टमा समेत प्रभाब पर्न सक्ने अनुमान गरिएको छ l
मौसम बिज्ञान बिभाग प्रमुख हिरोयुकीका अनुसार कान्तो क्षेत्रमा १० बर्ष कै सबै भन्दा शक्तिशाली हुने बताएका छन् l आधीबेरीका कारण यातायात, रेल सेवा, हवाई सेवा लगायतमा प्रभाब पर्ने पत्रकार सम्मेलनका क्रममा जानकारी जानकारी छन् l सरकारले हुरी बतास साथै आउने बर्षाले सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेका छन् l

प्रतिक्रियाहरु

[anycomment]