न्यू साउथ वेष्ट जंगलमा भीषण आगलागी
१ कात्तिक – अस्ट्रेलियाको न्यू साउथ वेष्ट राज्यमा जंगलबाट फैलिएको भीषण आगलागीका कारण सयौं घर जलेर नष्ट भएका छन् ।ठुलो हावाहुरी नलागेपनि जंगलमा लागेको आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीय अधिकारीले जनाएका छन् ।तीव्र रुपमा फैलिएको भीषण आगलागीका कारण त्यस राज्यका सयौं घर जलेर नष्ट भएका छन् भने धेरै मानिस घरबार विहीन भएका छन् । आगलागीबाट घर जोगाउने क्रममा एक जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् ।आगलागी सिड्नी राज्यतर्फ बढेको छ भने आगलागी नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्नीनियन्त्रक परिचालन गरिएको छ । आगलागीले अहिलेसम्म ५०हजार हेक्टरभन्दा बढी क्षेत्रको जंगल तथा खेतबारी जलेर नष्ट भएको छ ।अस्ट्रेलियामा हरेक वर्ष जंगलमा लाग्ने भीषण आगलागीका कारण धेरै धनजनको क्षति हुने गरेको छ ।