इराकमा विस्फोट, ६० को मृत्यु

२०७० कार्तिक १ गते, शुक्रबार

बग्दाद, कार्तिक १ । इराकको विभिन्न शहरमा भएको छुट्टा–छुट्टै विस्फोटमा ६० जनाको मृत्यु भएको छ । मुसलमानहरुको महान पर्व बकर इद मनाइरहेकाहरु माझ गराइएको विस्फोटमा थुप्रै घाइते भएका हुन् । इराकको राजधानी बग्दाद र उत्तरी सहर मूसलमा भएको विस्फोटका कारण थुप्रै घरमा क्षति पुग्नुका साथै कयौं सवारीसाधनमा पनि क्षति पुगेको छ । इराकमा सन् २००८ यता हालसम्मकै हिंसात्मक गतिविधिमा तीब्रता आएको बताइएको छ । शिया र सुन्नी समुदायबीचको द्धन्द्धका कारण भइरहेको हिंसात्मक गतिविधि नियन्त्रणका लागि सरकाले ध्यान नदिएको गुनासो सर्वसाधारणको छ । विस्फोटकै कारण भत्केका सयौं संरचनाहरु पुननिर्माणतर्फ सरकारले ध्यान नदिएका कारण इराकको संरचना युद्धको मैदान जस्तै बनेको भन्दै इराकी जनताले सरकारको ध्यानाकर्षण गरेका बीबीसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]