जापानमा आँधीवाट २९ मृत्यु
टोकियो, ३ कात्तिक । जापानको प्रशान्त क्षेत्रीय तटीय क्षेत्रमा आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । सो आँधी निकै शक्तिशाली रहेको बताइएको छ ।उक्त आँधीका कारण भएको क्षतिको विवरण प्राप्त भइरहेको र उद्वारको कामपनि जारी रहेको बताइएको छ । उद्वारकर्मीहरुले दिएको पछिल्लो जानकारी अनुसार आँधीमा परी २९ को मृत्यु भइसकेको र अरु केही हराइरहेका छन् । जापानी अधिकारीहरुले उक्त आँधीबाट मृत्यु हुनेको सङ्ख्यामा अझै बृद्धि हुनसक्ने जनाएका छन् । उनीहरुका अनुसार उक्त आँधीमा परी दर्जनौँ व्यक्ति हराइरहेका छन् ।विफा नाम गरेको प्रशान्त क्षेत्रीय उक्त आँधीले टोकियोको दक्षिणमा रहेको तटीय क्षेत्रका घरहरूलाई बढी मात्रामा प्रभावित बनाएको बताइएको छ । उक्त आँधीबाट मृत्यु भएका व्यक्तिको शव घरभित्रै भेटिएको बताइएको छ । आँधीका कारण घर भत्किएपछि कयौँ व्यक्ति घरभित्रै थिचिएका थिए । आँधीका कारण करिब ३० वटा घर नै पुरिएका छन् । उद्धारकर्मीहरूले ती घरभित्र च्यापिएका व्यक्तिलाई जिवीतै उद्वारको प्रयास गरिहेको जनाएका छन् । त्यहाँ के कति पुरिएका छन् भन्ने बारेमा केही जानकारी नभएको पनि बताइएको छ ।- एजेन्सी