थाइल्याण्डमा राजनीतिक क्षमादान विधेयक पारित

२०७० कार्तिक १५ गते, शुक्रबार

कात्तिक १५ – थाइल्याण्डको तल्लो सदनले राजनीतिक क्षमादान सम्बन्धि विधेयक पारित गरेको छ ।विधेयक अनुसार यस्तो क्षमादान पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा अपदस्थ भएपछि भएको राजनीतिक अशान्तिका क्रममा भएका अपराधका लागि लागू हुनेछ ।विधेयकका समर्थकहरुले यो विधेयकले सन् २००६ मा भएको राजनीतिक उथुलपुथुलका बेला भएका घटनामा विशेष जोड दिएको दावी गरेपनि विपक्षी डेमोक्रेटिक पार्टीले राजनीतिक क्षमादानले मानवअधिकार हननका दोषीहरुलाई विना सजाय मुक्त गर्न अनुमति दिने भन्दै विधेयकको विरुद्ध सडक प्रदर्शन चर्काउने चेतावनी दिएको छ ।विपक्षीहरुले तत्कालिन प्रधानमन्त्री सिनावात्रालाई जेल सजायँ नदिईकन उहाँलाई फेरी राजनीतिमा फर्किन बाटो खुला गर्ने उद्देश्यले ल्याइएको आरोप लगाएका छन् । सन् २००८ मा भ्रष्टाचारको आरोप लागेपति सिनावात्रा स्वनिर्वासनमा रहनुभएको छ । राजनीतिक क्षमादान सम्बन्धि विधेयक माथिल्लो सदनबाट पारित हुन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]