युसुफको टेलिभिजन कार्यक्रम बन्द

२०७० कार्तिक १७ गते, आईतवार

कायरो, १७ कार्तिक – इजिप्टका प्रसिद्ध व्यंग्यकार बासेम युसुफको टेलिभिजन कार्यक्रम बन्द गरिएको छ । यो कार्यक्रम प्रसारण हुन केही समय बाँकी छँदै बन्द गर्ने आदेश आएको थियो ।प्रस्तोता र निर्माताले सम्पादकीय नीतिलाई नमान्दा र बढी रकम माग गरेको सीबीसी च्यानलले जनाएको छ । च्यानलले शुक्रबार साँझ बयान जारी गरेर यो निर्णयको घोषणा गरेको थियो । समस्याको हल ननिस्केसम्म राजनीतिक व्यंग्यमा आधारित यो कार्यक्रम प्रसारण नहुने भनिएको छ ।गत साता युसुफको शोमा सेना तथा यसका प्रमुख जनरल अब्देल फतह अल सिसीलाई लक्षित गरिएको थियो । उनले चकलेटमा सेना प्रमुखको तस्बिर बन्न लागेको भनेपछि दर्शकले गुनासो गरेका थिए । इजिप्टका सरकारी वकिलले पनि जाँचको माग गरे । यसपछि उनीविरुद्ध गुनासो बढ्दै गएको थियो । गत मार्चमा मात्रै उनी जमानतमा रिहा भएका थिए । त्यतिबेला युसुफमाथि इस्लाम धर्म र सेनाद्वारा अपदस्थ राष्ट्रपति मुहम्मद मुर्सीको अपमान गरेको आरोप लागेको थियो । उनको शोमाथि प्रतिबन्ध लगाउनुपर्ने अपिललाई अदालतले अपि्रलमा खारेज गरेको थियो ।
उनी सार्वजनिक हस्तीको मजाक उडाउँदै इन्टरनेटमा डाउन लोड गरेको निजी भिडियोको कारण चर्चामा आएका थिए । यसपछि त्यहाँ विद्रोह सुरु भइसकेपछि २०११ को फेब्रुअरीमा होस्नी मुबारकको शासन समाप्त भएको थियो । यससम्बन्धी शो प्रसारण हुन थालेपछि उनी घरघरै चर्चित भए । उनको कार्यक्रमको तुलना अमेरिकामा प्रसारित हुने जन स्टिवार्टको ‘द डेली’ सँग हुन थालेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]