मुसरफ नजरबन्दमुक्त
पाकिस्तान , २१ कात्तिक, – पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसरफ नजरबन्दबाट मुक्त भएका छन् ।सन् २००७ मा इस्लामावादको एक मस्जिदबाट विद्रोहीलाई हटाउन सेना प्रयोग गरेको आरोपमा अदालतले जमानत स्वीकार गरेपछि मुसरफ नजरबन्दबाट मुक्त भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । नजरबन्दबाट मुक्त भएपनि उनले देश भने छोड्न पाउने छैनन ।बेलायतमा ४ वर्षको स्वनिर्वासनपछि गतएको अप्रिलमा स्वदेश फर्किए लगतै उनलाई घरमै नजरबन्दमा राखिएको थियो । उनिमाथि पूर्व प्रधानमन्त्री बेजेजिर भुट्टो र बलुचिस्तानका जनजाति नेता नवाव अक्बर बुग्टीको हत्याका साथै सन् २००७ मा उच्च न्यायधीसहरुलाई पदबाद बर्खास्त गर्न खोजेको आरोपमा मुद्दा चलिरहेको छ ।यी तीन मुद्धामा भने यसअघि नै अदालतले जमानत दिइसकेको थियो । मुसरफले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै सबै आरोप राजनैतीक रुपले प्रेरित भएको बताउँदै आएका छन् । – एजेन्सी