बेलायती प्रधानमन्त्रीलाई श्रीलंकाको चेतावनी

२०७० कार्तिक २८ गते, बिहीबार

२८ कात्तिक – श्रीलंकाले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई युद्ध अपराधको आरोपका विषयमा प्रश्न नगर्न चेतावनी दिएको छ ।
प्रधानमन्त्री क्यामरुनले श्रीलंकामा भएको राष्ट्रमण्डल सम्मेलनमा जानु अघि श्रीलंकाले युद्धअपराधका विषयमा जवाफ दिनुपर्ने बताउनुभएको थियो ।
उहाँले सम्मेलन बहिष्कार गर्न श्रीलंकाली विपक्षी दलले गरेको आग्रह अस्वीकार गर्दै श्रीलंकाको मानवअधिकारको विषयमा आवाज उठाउन श्रीलंका जाने बताउनुभएको थियो । तर श्रीलंका सरकारले भने यसप्रति कडा आपत्ति जनाएको छ ।
श्रीलंकाली सञ्चारमन्त्री केहेलिया रामबुक्वेल्लाले बेलायती प्रधानमन्त्रीलाई मानवअधिकारको मुद्दा उठाउनका लागि निम्तो नदिइएको प्रतिक्रिया दिनुभएको छ ।
श्रीलंका कसैको उपनिवेश नभई स्वतन्त्र र सम्प्रभू राष्ट्र भएका भन्दै उहाँले आफूहरुसँग कुनै माग राख्ने अधिकार कसैको नभएको बताउनुभयो ।
दुई दशक भन्दा बढी समयसम्म चलेको गृहयुद्धको अन्तिम समयमा गम्भीर मानवअधिकार उल्लंघन गरेको आरोप श्रीलंकामाथि लागेको छ । तर श्रीलंका सरकारले भने यसको खण्डन गर्दै आएको छ ।- एज्न्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु