चिनमा दश वर्षे नयाँ आर्थिक सुधार योजना
काठमाडौ, २८ कार्तिक । चिनियाँ कम्युनिष्ट नेताहरुले आगामी दश वर्षका लागि नयाँ आर्थिक सुधारको योजना लागुू गर्ने निर्णय गरेका छन् । शुक्रबारबाट बेइजिङमा सुरु भएको बैठकले स्वतन्त्र बजारसंग सरकारको सम्बन्ध सुधार गरी आर्थिक विकास गर्ने निर्णय गरेको हो ।
तेस्रो प्लेनम बैठकपछि सरकारका तर्फबाट एक वक्तव्य जारी गर्दै आर्थिक सुधारका लागि स्वतन्त्र बजारको ठूलो भूमिका हुने बताइएको छ ।
यसका साथै सामाजिक अस्थीरतालाई नियन्त्रण गर्न चीनको आन्तरिक सुरक्षालाईसमेत निगरानी गर्नेगरी एक नयाँ समिति बनाउने निर्णय प्लेनम बैठकले गरेको छ ।
बैठकले किसानलाई आफ्नो जमिनमाथिको अधिकारलाई स्वतन्त्रता थपेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले एक हप्ता भित्र आर्थिक तथा सामाजिक क्षेत्र सुधारको बिस्तृत सूची सार्वजनिक गर्ने बताएका छन् ।
चिनियाँ कम्युनिष्टहरुको प्लेनम बैठक आर्थिक सुधारका लागि महत्पूर्ण मानिन्छ । दशबर्षका लागि दुरदुर्शी निर्णय लिने भएकाले यसलाई चासोका साथ लिईने गरिन्छ ।