राष्ट्रमण्डलको शिखर बैठक आजबाट

२०७० कार्तिक २९ गते, शुक्रबार

कोलम्बो, २९ कार्तिक । श्रीलंकाको कोलम्बोमा आजबाट राष्ट्रमण्डल अर्थात कमनवेल्थको शिखर बैठक सुरु हुँदैछ । बैठकका लागि कमनवेल्थका सदस्य राष्ट्रहरुका सरकार प्रमुख तथा प्रतिनिधि कोलम्बो पुगिसकेका छन् ।
शिखर बैठकको बेलायती राजकुमार चाल्र्सले उद्घाटन गर्दै छन् । बेलायती महारानी एलीजावेथ द्धितीयलाई राष्ट्रमण्डल प्रमुखको रुपमा प्रतिस्थापन गरेका राजकुमार चाल्र्सले पहिलो पटक बैठकको उद्घाटन गर्न लागेका हुन् ।
श्रीलंकामा मानवअधिकारको अवस्थाप्रति विश्वव्यापी आलोचना भइरहेको बेला हुन लागेको यो शिखर बैठकलाई विश्वभर चासोका साथ हेरिएको छ । सन् २००९ मा तत्कालीन विद्रोही तालिम टाईगर्सका मुख्य नेताको हत्यासँगै तामिल विद्रोह दबाउन सफल राष्ट्रपति माहिन्दा राजापाक्षे विरुद्ध बैठकमा कुरा उठ्न सक्ने आँकलन गरिएको बीबीसीले जनाएको छ ।
विद्रोह दबाउने क्रममा श्रीलंकाली सेना र सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै भारत, क्यानाडा र माँैरीससले शिखर बैठक बहिष्कार गरेका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन श्रीलंकाली राष्ट्रपतिको कडा आलोचना गर्दै बैठकमा सहभागी हुँदैछन् । उनले श्रीलंकाली मानवअधिकारको अवस्थाबारे गम्भीर प्रश्न उठाउने चेतावनी दिइसकेका छन् । शिखर बैठकपछि श्रीलंकाली राष्ट्रपति माहिन्दा राजापाक्षेले आगामी दुई वर्षसम्म राष्ट्रमण्डल प्रमुखको जिम्मेवारी समाल्दै छन् ।

प्रतिक्रियाहरु

[anycomment]