हमासमा महिला प्रवक्ता
३ मंसिर – ईस्लामिक संगठन हमासले पहिलो पटक महिलालाई आफ्नो प्रवक्ता बनाएको छ ।इस्रा अल मोदाल्लाललाई हमासले प्रवक्ता तोकेको हो । सम्बन्ध बिच्छेद अर्थात तलाख लिएर बसेकी प्यालेस्टाइकी शरणार्थी २३ वर्षीया मोदल्लाल एक आमा पनि हुन् ।गएको हप्ता हमासले उनलाई प्रवक्ताको जिम्मेवारी दिएपछि यति बेला निकै चर्चामा छिन् उनी । पश्चिमी राष्ट्रका सञ्चार माध्यमसँग जोडिएका व्यक्तिले महिला भएर पनि यो क्षेत्रमा कसरी आएको भनेर उनलाई प्रश्न गर्ने गरेका छन्, उनीले अरब र पश्चिमा राष्ट्रका सञ्चार माध्यमसँग सामाना गर्नु पर्ने भएकाले आफूले पाएको यो जिम्मेवारी निकै ठूलो भएको बताएकी छिन् ।
आफ्नो नयाँ जिम्मेवारीलाई लिएर उनी खुशी छिन्, उनी भन्छिन, ‘गजापट्टी क्षेत्रमा प्यालेस्टाइनी नागरिकका लागि यो एक सकारात्मक कदम हो, विशेषगरी युवाहरुका लागि ।’उनले हमासका महत्वपूर्ण मुद्दाका विषयमा धारणा अघि ल्याउने भएपनि आफू उसको सदस्य नभएको पनि बताएकी छिन् ।
उनले हमासप्रति पश्चिमा सञ्चरमाध्यमको धारणा परिर्वतन गर्ने र सम्बन्धमा सहजाता ल्याउने बाचा पनि गरेकी छिन् । महिलाको स्वतन्त्रतालाई खासै प्राथमिकतामा नराख्ने यो संगठनले आफ्नो प्रवक्ता महिला तोक्नुलाई निकै महत्वका साथ हेरिएको छ ।
एकताका यो संगठनले महिलाको स्वतन्त्रतालाई नियन्त्रणमा लिने प्रयास गरेको थियो, अहिले पनि पनि महिला अधिकारको विषयमा संगठनको स्पष्ट विचार नभएको बताइन्छ । हमासले महिलालाई बुर्का अनिवार्य गरेको छ भने मोटरसाइकल चलाउन बन्देज लगाएको छ ।
सन् २००७ देखि हमास संगठनले गजापट्टीमा कब्जा जमाएको छ । यूरोपेली संघ र अमेरिकाले यो संगठनलाई आंतकवादी संगठन भन्दै आएका छन् । सन् १९८७ मा इजिप्ट र प्यालेस्टाइनका मुसलमानहरु मिलेर गठन गरिएको यो संगठनको उद्देश्य इजरायली प्रशासनमा इस्लामिक शासन स्थापित गर्ने रहेको छ ।
त्यसै अनुसार गजापट्टीमा धेरै प्रभाव रहेको हमासले इजरायली क्षेत्रमा रकेट आक्रमण गरेको थियो । ईजरायलले हमास विरुद्ध पनि २००८ को अत्यतिर गजा पट्टीमा हमास विरुद्ध सैन्य कारबाई चलाएको थियो जसमा १३०० जना मारिएका थिए ।हमासको कारबाही रोक्न सैन्य अभियान चलाएको ईजरायलले बताएपनि हमासले भने निर्दोष नागरिकको हत्या गरेको आरोप लगाउँदै आएको छ । – एजेन्सी