जपान र चीनबीच विवाद चर्कदै

२०७० मंसिर १० गते, सोमबार


१० मंसिर । जापानी विदेशमन्त्री फुमिओ किसिदाले चीनलाई अनपेक्षित घटना हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समयमा जापान र चीन बीच सीमा र सुरक्षासम्बन्धी विषयमा विवाद चल्दै आएको छ ।विदेशमन्त्री किसिदाले पत्रकारहरूलाई जापानले चीनको पाइला एकपक्षीय भएको र त्यसले उक्त क्षेत्रमा अनपेक्षित घटना गराउने भएकाले स्वीकार गर्न नसकिने बताएका छन् । उनले जापानले यस विषयमा बेइजिङसमक्ष उच्चस्तरमा बलियो विरोध जनाउने विचार गरिरहेको जनाए ।
चीनले पूर्वी चीन जल क्षेत्रमाथि सम्भावित हवाइ चुनौती रोक्न हवाइ प्रतिरक्षा पहिचान क्षेत्र स्थापना गर्ने घोषणा शनिबार गरेपछि जापानको सत्ताधारी दलका नेता किसिदाले बेइजिङलाई जटिल परिस्थिति उत्पन्न हुन नदिन आग्रह समेत गरेका छन् ।जापानी प्रतिरक्षा मन्त्रालयले शनिबार दुई चिनियाँ विमान पूवी चिनियाँ जलक्षेत्रमाथि जापानको हवाइ प्रतिरक्षा पहिचान क्षेत्रभित्र प्रवेश गरेको र त्यसको विरुद्ध लडाकू विमानहरू पठाउनु परेको जानकारी दिए । विदेशमन्त्री किसिदाले चिनियाँ कारवाहीबाट अमेरिका पनि चिन्तित भएको बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]