सिरियाली राष्ट्रपति हटाउन सकिने :अमेरिका

२०७० मंसिर ११ गते, मंगलवार


११ मंसिर । आगामी बर्ष जेनेभामा गर्न लागिएको सिरियासम्बन्धी बैठकको उद्देश्य सिरियाली राष्ट्रपति बसार अल असदलाई हटाउनु नै रहेको अमेरिकाले जनाएको छ । संयुक्त राष्ट्रसंघको पहलमा गर्न लागिएको र महत्वपूर्ण मानिएको बैठकले सिरियाली समस्याको समाधान खोजी सिरियाली जनतालाई राहत दिलाउने सक्ने विश्लेषण गरिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले बैठकमा राजनीतिक समस्याको समाधानका लागि देखिएको अवरोध हटाउनेबारे छलफल गरिने बताए । स्वीट्जरल्याण्डको जेनेभामा हुने बैठकमा अमेरिका, रुस, सिरिया र सिरियाली विपक्षी दलका प्रतिनिधिका साथै सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत लख्तर ब्राहिमी सहभागि हुनेछन् । सिरियाली सरकार र विपक्षीबीच सन् २०११ देखि चर्केको संघर्षकाबीच पहिलो पटक वार्ता हुन लागेको हो । बैठक आगामी जनवरी २२ मा जेनेभामा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]