राष्ट्रपतिको समर्थन गर्दा ११ बर्ष जेल सजायँ
कायरो, १४ मंसिर । इजिप्टको एक अदालतले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको समर्थन गर्ने २१ महिलालाई ११ बर्षको जेल सजाँय सुनाएको छ ।
सजायँ सुनाईएका सबै महिलालाई चरमपन्थी समूहसंग सम्बन्ध राखेको, यातायातमा बाधा पु-याएको र गत महिना इजिप्टको अलेक्जिेन्ड्रिया शहरमा तोडफोडमा संलग्न भएको आरोपमा दोषी ठह¥याईएको छ ।
ती मध्य सात महिला १८ बर्ष कम उमेरका भएकाले उनीहरुलाई जुविनाईल जेलमा पठाईएको बिबिसीले जनाएको छ ।
मानवअधिकारवादी संगठनहरुले अदालतको उक्त फैसलाप्रति कडा आपत्ती जनाएका छन् । एक मानवअधिकारवादी कार्यकर्ताले उक्त फैसलालाई पागलपनको उपज भएको समेत बताएका छन् । महिलाका आफन्तहरुले भने ती महिलाहरु सेभेन एएम मुभमेन्ट नामक एक समूहले आयोजना गरेका एक प्रदर्शनमा शान्तिपूर्ण रुपमा सहभागिता जनाएको बताएका छन् ।