दिल्ली विधानसभाको चुनाव हुदै
१९ मंसिर – भारतको दिल्ली विधानसभाका लागि बुधबार मतदान हुँदैछ । ७० सिटको विधानसभाका लागि ६९ महिला सहित ८ सय १० जना उम्मेदवार चुनावी मैदानमा छन् । दिल्लीका ११ हजार ९ सय ९२ मतदान केन्द्रमा १ करोड १२ लाख मतदाताले मतदान गर्नेछन् ।
मतदाताले पहिलो पल्ट भोटिङ मेशिनमा कुनै पनि मतदातालाई भोट नदिने नो भोटको सुविधा पनि प्रयोग गर्न पाउनेछन् । चुनावलाई ध्यानमा राख्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको र ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षाअधिकारीहरुले बताएका छन् ।
चुनावमा कांग्रेस, भारतीय जनता पार्टी र हालै खुलेको आम आदमी पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आम आदमी पार्टीको बढ्दो लोकप्रियताले कांग्रेस र भाजपालाई अप्ठ्यारोमा पार्न सक्ने विश्लेषकहरुको भनाई छ ।