दुधमा मिसावट गर्नेलाई जन्मकैद
२० मंसिर – भारतको सर्वोच्च अदालतले दुधमा मिसावट गर्नेलाई आजीवन काराबासको सजाँय हुने कानुनी व्यवस्था ल्याउन राज्य सरकारलाई आदेश दिएको छ ।मानव स्वास्थ्यका लागि निकै घातक हुने मिसावट युक्त दुधको उत्पादन तथा बजारीकरण नियन्त्रण गर्न सर्वोच्चले कडा नियम ल्याउन राज्य सरकारलाई आदेश दिएको हो ।
उत्तर प्रदेश, पश्चिम बंगाल र ओडिशामा दुधमा सिन्थेटिक पदार्थ मिसावट गरेको घटनालाई मध्यनजर गर्दै सर्वोच्चले यस्ता कालोबजारी गर्नेलाई आजीवन काराबाससम्मको सजाँयको व्यवस्था गर्न भनेको हो ।
भारतमा अहिले खाद्य सुरक्षा तथा गुणस्तर सम्बन्धी कानुनअनुसार कालोबजारी गर्नेलाई बढीमा ६ महिनासम्म मात्रै जेल सजाँयको व्यवस्था छ । सर्वोच्चले यो सजायँ अपर्याप्त रहेको भन्दै कालोबजारी गर्नेलाई कडा सजाँय कानुनमा व्यवस्था गर्न राज्य सरकारहरुको ध्यानाकर्षण गराएको हो ।
खाद्य सुरक्षा तथा गुणस्तर विभागले सन् २०११ मा गरेको अध्ययनले देशैभर ठूलो परिमाणमा स्वास्थ्यका लागि घातक मिसावटयुक्त दुध बिक्रि भैरहेको तथ्य सार्वजनिक गरेको थियो ।