थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद भंग
२४ मंसिर – बढ्दो राजनीतिक संकटका बीच थाइल्याण्डका प्रधानमन्त्री यिङलक सिनावात्राले संसद भंग गरी चुनाव गर्ने घोषणा गर्नुभएको छ ।
सबै विपक्षी सांसदहरुको राजीनामा पछि प्रधानमन्त्री सिनावात्राले यस्तो घोषणा गर्नुभएको हो । देशबासीका नाममा सम्बोधन गर्दै उहाँले धेरै मानिस सरकारका विरुद्ध रहेको र उनीहरुले नागरिकको प्रतिनिधित्व गरिरहेका बेला निर्णयको अधिकार र सत्ताको नेतृत्व नागरिकलाई दिनु र चुनाव गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको बताउनुभयो ।तर सिनावात्राले चुनावको मिति उल्लेख नगरिकन जतिसक्दो छिटो हुने बताउनुभयो । उहाँले मन्त्रीपरिषद पनि विघटन गरिने तर कानुनले तोकेको काम गर्ने गरी अन्तरिम सरकारका सदस्य भने रही रहने बताउनुभयो ।
निरन्तरको प्रदर्शनले देशलाई द्विविधामा पारेको भन्दै उहाँले सरकारले द्वन्द्व अन्त्यका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो । प्रधानमन्त्री सिनावात्राले नागरिकद्वारा निर्वाचित नभएको सरकारले देशको प्रतिष्ठा र स्थायीत्वमा असर गर्ने भन्दै प्रदर्शनकारीले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।सरकारको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुले भने प्रधानमन्त्रीको प्रस्ताव नमान्ने बताएका छन् । सरकारी भवनमा प्रवेश गर्ने घोषणा गरेका उनीहरुले आजको दिनले जित दिलाउने दावी पनि गर्नुपर्ने बताउनुभयो ।- एजेन्सी