अष्ट्रेलियामा समलिंगी विवाह सम्बन्धि कानुन खारेज

२०७० मंसिर २७ गते, बिहीबार


२७ मंसिर – अष्ट्रेलियाको उच्च अदालतले समलिंगी विवाह सम्बन्धि कानुन खारेज गरेको छ । अष्ट्रेलियन क्यापिटल टेरिटरी संसदले गएको अक्टोबरमा राजधानीको क्षेत्राधिकार भित्र पर्ने ठाउँमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको थियो । तर उच्च अदालतले यो कानुन राष्ट्रिय कानुनसँग अमिल्दो भएको र संघीय कानुनसँग बाझिने गरी आएको ठहर गरेको छ ।
कानुनले जुनसुकै राज्यका बासिन्दा भएपनि राजधानी क्यानबेराको क्षेत्र भित्र बस्ने समलिंगी जोडीले विवाह गर्न पाउने सुनिश्चित गरेको थियो । कानुन लागू भएसँगै विवाह गरेका २७ जोडी समलिंगीको सम्बन्ध उच्च अदालतको पछिल्लो फैसलासँगै अमान्य घोषित भएको छ । उच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिने विषयमा संघीय संसदले टुंग्याउनुपर्ने विषय भएको पनि फैसलामा उल्लेख गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]