उत्तर कोरियाका वरिष्ठ अधिकारी थेकलाइ मृत्युदण्ड
काठमाडौं, २८ मंसिर । उत्तर कोरियाका शासक किम जोन उनका फुपाजु चाङ सोङ थेकलाई मृत्युदण्ड दिइएको छ । भ्रष्टाचारको अभियोगमा केही दिनअघि पदबाट बर्खास्त गरिएका थेकलाई मृत्युदण्ड दिइएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।उत्तर कोरीयाको इतिहासमै यो घटनालाई निकै महत्वका साथ हेरिएको छ । किम जोङ इलको निधनपछि दुई वर्षअघि किङ जोङ उनले सत्ता सम्हालेयता मृत्युदण्ड दिइएका थेक पहिलो वरिष्ठ अधिकारी हुन् । केही दिन अगाडि मात्रै उनलाई सेनाको महत्वपूर्ण पदबाट बर्खास्त गरिएको थियो । हिजोमात्रै थेकलाई उत्तर कोरियाली सैन्य अदालतमा उपस्थित गराइएको थियो । अदालतले थेकलाई शक्तिको दुरुपयोग गरी राज्यसत्ता कब्जा गर्न खोजेकोमा दोषी प्रमाणित गरे लगत्तै उनलाई मृत्युदण्ड दिइएको केसीएनएले जनाएको छ ।थेक उत्तर कोरियाली पुर्व नेता किम जोङ इलका भिनाजु तथा हालका वरिष्ठ नेता किम जोङ उनका फुपाजु हुन् । उनी उत्तर कोरियाको सत्तारुढ कम्युनिष्ट पार्टी एवं सेनाका वरिष्ठ नेता थिए । हालको राज्यसत्ता विरुद्ध षड्यन्त्र गर्न कम्युनिष्ट पार्टी र सेनामा गुटबन्दी गरेको आरोप थेकमाथि लागेको थियो ।-एजेन्सी